• २०८१ बैशाख ८ शनिबार

युरोपा लिगमा काराबागमाथि आर्सनलको सहज जित 

kharibot

काठमाडौँ।  युरोपा लिग अन्तर्गत प्रिमियर लिग क्लब आर्सनलले अजरबैजानको क्लब काराबागलाई सजिलै पराजित गरेको छ। गएराती  भएको खेलमा आर्सनलले काराबागलाई ३-० गोल अन्तरले पराजित गरेको हो। 

आर्सनलको जितमा सोकराटिस पपासटथोपोउलोस, स्मिथ रोउ र माटियो गुएनडोउजले एक एक गोल गरेका थिए। 

यो जित सँगै आर्सनलले सबै प्रतियोगितामा लगातार आठौ खेलमा जित हासिल गरेको छ। आर्सनलले सन् २०१५ पछि पहिलो पटक लगातार आठ खेलमा जित हासिल गरेको हो।

युरोपा लिगमा आर्सनलले दुवै खेल जितेर ६ अंक हासिल गरेको छ भने काराबागले दुवै खेलमा हार बेहोरेको छ। 

आर्सनलले अब अर्को हेल प्रिमियर लिग अन्तर्गत आइतबार फुलह्यामसँग खेल्ने छ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै