• २०८१ बैशाख ८ शनिबार

टेस्ट क्रिकेटमा विराट कोहलीले बनाए २४औ शतक 

kharibot

काठमाडौँ। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा आफ्नो २४औ शतक हानेका छन्।  

हाल जारी वेस्टइन्डिजविरुद्धको पहिलो टेस्टको दोस्रो दिन विराटले शतकीय पारी खेल्दै भारतलाई राम्रो स्थितिमा पुर्याएका हुन्।  

विराटले आफ्नो पारीमा १८४ बलको सामना गर्दै ७ चौका हानेर शतक पुरा गरेका थिए ।  विराटको वेस्टइन्डिजविरुद्ध यो दोस्रो शतक हो। कोहलीले अहिलेसम्म सबै भन्दा धेरै अष्ट्रेलियाविरुद्ध ६ टेस्ट शतक हानेका छन् भने श्रीलंका र इङल्याण्डविरुद्ध ५-५ शतक हानेका छन् त्यस्तै न्युजील्याण्डविरुद्ध ३, दक्षिण अफ्रीका र वेस्टइन्डिजविरुद्ध २-२ टेस्ट शतक बनाएका छन्। त्यस्तै एक शतक बंगलादेशविरुद्ध बनाएका छन्।  

विराटले अहिलेसम्म यो टेस्टसहित ७२ टेस्ट क्रिकेटमा २४ शतक र १९ अर्धशतक सहित ६ हजार २ सय ४८ रन बनाएका छन् । 

यसै टेस्टमा डेभ्यु गरेका भारतका पृथ्वी शाले शतकीय पारी खेल्दै १३४ रन बनाएर बिहिबार आउट भएका थिए भने अर्का विकेट किपर ब्याट्सम्यान रिषव पन्त ९२ रन बनाएर आउट भएका छन्।  

यो समाचार तयार गरुन्जेल भारतले ५ विकेट गुमाएर २७३ रन बनाएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै