• २०८१ बैशाख ८ शनिबार

सुदूरपश्चिममा विवेकशील साझाको बृहत् प्रशिक्षण

kharibot

काठमाडौं । विवेकशील साझा पार्टीले पार्टी प्रशिक्षण कार्यक्रमलाई व्यापकता दिएको छ । गत संसदीय निर्वाचनमा ४ राष्ट्रिय पार्टी पछि केही हजार मात्र मतले राष्ट्रिय पार्टी बन्न चुकेको विवेकशील साझा पार्टी देश दौडाहमा निस्किएको हो । पार्टीले दशैँअघि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश अनि प्रदेश ५ मा कार्यक्रमहरू गर्ने बताएको छ।

विवेकशील साझा पार्टीले भर्खरै सुदूर पश्चिम प्रदेशमा आफ्ना सदस्यहरू अनि नेताहरूलाई प्रशिक्षण दिएको छ। उक्त कार्यक्रममा करिब ६०० जना पार्टी सदस्यहरू अनि नेताहरूले प्रशिक्षण लिएको विवेकशील साझा पार्टीको सुदूर पश्चिम सचिवालयले जनाएको छ।

कार्यक्रममा पार्टी संयोजक रवीन्द्र मिश्र, अर्का संयोजक उज्वल थापा, केन्द्रीय नेताहरू रमेश पौड्याल, केशव दाहाल अनि सुदूर पश्चिमका संयोजक गोपाल हमलाको उपस्थिति थियो । 

पार्टीले आजै कर्णाली प्रदेशले सुर्खेतको पिपल चौतारामा आम सभा समेत गर्ने जनाएको छ। उक्त कार्यक्रममा भाग लिन विवेकशील साझा पार्टीका सदस्यहरू अनि शुभेच्छुकहरू दुर्गमबाट आउने क्रम जारी रहेको कर्णाली प्रदेशको सचिवालयले जनाएको छ। उक्त कार्यक्रममा करिब २ दिन हिडेर अनि २ दिन गाडीमा गरेर सहभागी हुन आएकी हिसे सामु लामाको दृढता देखेर आफु भावुक भएको कुरा रवीन्द्र मिश्रले बताए । 

अहिले विवेकशील साझा पार्टी ९० दिने सङ्गठन विस्तार अभियानमा रहेको बताइएको छ। अहिले सुदूरपश्चिम प्रदेशलाई गोपाल हमाल, कर्णाली प्रदेशलाई गेहेन्द्र दाहाल अनि प्रदेश ५ लाई अनुपमान सैंजुले नेतृत्व गर्दै छन्। विवेकशील साझा पार्टीले प्रदेश १ र २ बाहेक अन्य प्रदेशमा प्रदेश संयोजक तोकिसकेको जानकारी दिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै