• २०८१ बैशाख ८ शनिबार

एकचोटिमा २ हप्तासम्म चन्द्रमामा अन्तरिक्षयात्री राख्न सक्ने मार्टिनको लुनार ल्यान्डर !

kharibot

१४ मिटर अग्लो, सिंगल स्टेजको स्पेसक्राफ्टले एक पटकमा चार जना अन्तरिक्षयात्रीलाई चन्द्र सतहमा पुर्‍याउनेछ । तस्बिर सौजन्य : डेलीमेल

युरोप । लकहिड मार्टिन कम्पनीले एपोलो क्याप्सुलको दोब्बर आकारको लुनार ल्यान्डर सार्वजनिक गरेको छ, जसले अन्तरिक्षयात्रीलाई चन्द्रमामा दुई हप्तासम्म राख्नसक्ने बताइएको छ । 

लकहिड मार्टिनले आफ्नो महत्वाकांक्षी योजनाको खुलासा गर्ने क्रममा विशाल आकारको अवतारक यन्त्रको खुलासा गरेको हो । जसमा अन्तरिक्षयात्रीहरुलाई घुम्न÷टहलिन समेत पुग्ने गरी व्यवस्था गरिएको हुन्छ ।

४६ फुट (१४ मि.)को उक्त स्पेसक्राफ्टले चार जना अन्तरिक्षयात्रीलाई चन्द्र सतहमा पुर्याउनसक्ने बताइएको छ । जहाँ उनीहरु १४ दिनसम्म रहनेछन्, त्यसपछि उक्त क्राफ्ट पुनः चन्द्रमाको कक्षमा फर्किनेछ । 

उक्त साधन एपोलो मिसनको लुनारमोड्युलको तुलनामा दोब्बर आकारको हुनेछ । एपोलो मिसन आजभन्दा झण्डै ५० वर्षअगाडिको हो । जसले दुई जना यात्रीलाई केही दिनका लागि मात्रै चन्द्रमामा पुर्याएको थियो । यो यान नासाकै ओरियन स्पेसक्राफ्टको उडान प्रमाणित प्रविधि र प्रणालीमा आधारित रहेको बताइएको छ ।

यसले नासाले योजना बनाएको डिप स्पेस गेटवे स्पेस स्टेसनलाई मदरशिप (मातृजहाज)को रुपमा प्रयोग गर्नेछ जसले अन्तरिक्षयात्रीलाई चन्द्रसतहमा र त्यहाँबाट फिर्ता गराउन सहयोग गर्नेछ । 

यो यान भर्साटाइल, शक्तिशाली र अहिले रहेका तथा नयाँ दुवै खाले प्रविधिले बनेको भरपर्दो हुने बताइएको छ ।

कम्पनीको कमर्सियल सिभिल स्पेसका उपप्रमुख तथा महाप्रबन्धक लिसा कालाहनका अनुसार नासाले कम्पनीलाई अमेरिकाको चन्द्रमामा पुनः मानव पठाउने लक्ष्यलाई पूरा गर्ने प्रविधिको आविष्कार र विकास गर्न भनेको थियो । यो यान भर्साटाइल, शक्तिशाली र अहिले रहेका तथा नयाँ दुवै खाले प्रविधिले बनेको भरपर्दो हुने बताइएको छ । 

यसले भविष्यमा व्यावसायिक कार्गोकै रुपमा चन्द्रमासम्मको यात्रा तय गरिरहने आशा समेत गरिएको छ । जसका कारण चन्द्रमासम्बन्धी धेरै कुराहरु पत्ता लाग्नेछ । लुनार गेटवेको युनिक अर्बिटले विश्वव्यापी रुपमा अवतारकको लागि चन्द्रमाको पहुँच पुर्याउनेछ ।  

सतहमा पुग्ने मिसनपछि यो पुनः गेटवेमा फर्किनेछ जहाँ यानले पुनः इनधन भर्न सक्नेछ भने अर्को सर्फेस सोर्टी मिसनसम्म यान अर्बिटमै रहने जनाइएको छ ।

गेटवे उक्त अवतारक (ल्यान्डर)को छिटो, पटकपटकको लागि र पूर्ण रहनेछ । यसले अवतारकको पुनप्र्रयोगमा समेत सहयोग गर्नेछ । उक्त यानलाई वैज्ञानिकहरुले पछिसम्म प्रयोग गर्न सकिने गरी निर्माण गर्नेछन् । जसले गर्दा पृथ्वीमा फर्किँदा यसलाई कुनै हानि÷नोक्सानी हुनेछैन ।  

पुनप्र्रयोगले यसको लागत मूल्यमा पनि बचत हुने बताइएको छ । 

उक्त यान उडान प्रमाणित प्रणालीमा आधारित तथा लाइफ सपोर्ट (मानवमैत्री) गर्ने र कम तौलकोण् हुनेछ ।

रियुजेबल ल्यान्डरलाई लुनार गेटवेले सञ्चालन गर्नेछ ।  अझ महत्वपूर्ण कुरा त मानवसहितको यान चन्द्र सतहमा पुगेर फर्किने उक्त लुनार मिसन र लुनार अर्बिटिंग आउटपोष्ट सफल भए मंगलग्रहमा पुग्ने मानव सपना पनि साकार हुनसक्नेछ ।

  • नोट : यो आर्टिकल डेलमेलबाट भावानुवाद गरिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै