काठमाडौं / प्रधानसेनापति पूर्णचन्द्र थापालाई पाकिस्तानका राजदूत मजहर जावेदले भेटेर बधाई दिएका छन् ।
जङ्गी अड्डामा प्रधान सेनापति र राजदूत जावेदबीच भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ ।
उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।