• २०८१ बैशाख ८ शनिबार

यस बर्षको नोबेल शान्ति पुरस्कार इराकी नादिया र कंगोका डा.मुक्वेजेले जिते 

kharibot

काठमाडौँ। यसबर्ष को नोबेल शान्ति पुरस्कार इराकी मानवधिकारकर्मी नादिया मुराद र कंगोका डाक्टर डेनिस मुक्वेजेले जितेका छन्।

नोबेल शान्ति पुरस्कार आयोजकले आज यस बर्षको नोबेल शान्ति पुरस्कार पाउने नदियासहित इराकमा २०१४ मा आइएसआइएसले ३ हजार भन्दा बढी महिला तथा बालिकालाई यौनदासीको रुपमा राखेको थियो।  उनी आइएसआइएसको हिरासतबाट उम्केर तिनै पिडित महिला तथा बालिकालाईको अधिकारको लागि लडेस्वरुप नोबेल शान्ति पुरस्कार दिइएको छ। उनका आमा सहित ६ जना दाजुभाईलाई आइएसआइएसले एकै दिन मृत्युदण्ड दिएको थियो। 

त्यस्तै नोबेल शान्ति पुरस्कार पाउने मुक्वेजे पेशाले सर्जन डाक्टर हुन्।  उनले कंगोको बुकाभुमा अवस्थित पंजी अस्पतालमा द्वन्दमा यौन शिकार भएका महिला तथा बालबालिकाको उद्धार र उपचार गरेका कारण नोबेल यो पुस्कार दिइएको बताइएको छ।    
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै