• २०८१ बैशाख ४ मंगलबार

काठमाडौँ विश्वविद्यालयमा रजिष्टारपछि विभागीय प्रमुखहरुको धमाधम राजीनामा   

kharibot

काठमाडौँ।  देशको राम्रो भनिएको काठमाडौँ विश्वविद्यालय अहिले भद्रगोल हुन पुगेको छ। उपकुलपति डा.रामकान्थ माकाजु र रजिष्टार डा. भोला थापाबीचको विवादका बीच डा.थापाले आफ्नो पदबाट राजीनामा दिएपछि विश्वविद्यालयको अवस्था भद्रगोल हुन पुगेको हो।

रजिष्टारबाट डा.थापाले राजीनामा दिएपछि राजीनामाको लहर नै चलेको विश्वविद्यालय स्रोतले बताएको छ। प्राप्त जानकारी अनुसार विश्वविद्यालयका बायोटेक्नोलोजी बिभागका प्रमुख प्रोफेशर डा.जनार्धन लामिछानेले पनि विश्वविद्यालय प्रशासन पारदर्शी नभएको आरोप लगाउदै राजीनामा दिएका छन्। 

त्यस्तै विश्वविद्यालयका कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ बिभाग प्रमुख प्रो डा. मनिष पोखरेल तथा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इनिजिनियरिङ्ग बिभागका प्रमुख बिजेश अघिकारीले जुनियरलाई विभागको एसिसियट्स डिनमा नियुक्ति गरेको विरोधमा राजीनामा दिएका छन्। पोखरेल र अधिकारी विश्वविधालयमा सुरुवाती दिनदेखि कार्यरत रहेका छन्। 

त्यस्तै प्रो डा विवेक बरालले मेकानिकल इनिजिनियरिङ्ग विभागमा आफ्नो नियुक्तिलाई अस्विकार गरेका छन्। उनलाई डा. हरि न्यौपानेको ठाउमा नियुक्ति दिइएको भए पनि तत्कालिन रजिष्टारले उठाएका समस्याको समाधान नगरी आफुलाई गरिएको नियुक्ति स्वीकार नगर्ने बताएका छन्। त्यस्तै सहायक प्रोफेसर दिवाकर विष्टले इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इनिजिनियरिङ्ग बिभागको कायम मुकायम हेड हुन अस्विकार गरेका छन्। 

यसैबीच गत भदै २७ गते काठमाडौँ विश्वविद्यालय संरक्षण समितिको बैठकमा पनि हालको विश्वविद्यालयको समस्याका विषयमा चर्चा भएको छ। बैठकमा संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगानाले संस्थापक उपकुलपति सुरेशराज शर्मालाई संरक्षण समितिको अध्यक्ष बन्न आग्रह गरेको बताइएको छ।  सो बैठकले विश्वविद्यालयमा उपकुलपति र रजिष्टारको विवाद पछि एक पछि अर्को समस्या बढ्दै गएको निष्कर्ष निकालेको थियो।  

काठमाडौँ विश्वविद्यालयको संरक्षण समितिको अध्यक्ष दमननाथ ढुंगाना छन् भने सदस्यहरुमा डा. सुरेशराज शर्मा, डा.सिताराम अधिकारी र प्रा डा भद्रमान तुलाधर सदस्य रहेका छन्।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै