• २०८१ बैशाख ७ शुक्रबार

नादियाको पिडापछिको खुशी : आईएसको यौनदासीदेखि नोबेल शान्ति पुरस्कारसम्म

kharibot

मध्यपूर्वी एसिया । यो वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त रुपमा दुई जनाले शुक्रबार पाएका छन् । कंगोका महिला रोग विशेषज्ञ डाक्टर डेनिस मुक्वेजे र यजिदी महिला अधिकारकर्मी नादिया मुरादले उक्त विश्वप्रतिष्ठित पुरस्कार हात पारेका हुन् । 

यो पुरस्कार नादियालाई बलात्कारविरुद्ध जनचेतना फैलाएको कारण दिइएको हो । २५ वर्षकी मुरादलाई सन् २०१४ मा इस्लामिक स्टेटले तीन महिनासम्म बन्धक बनाएर बलात्कार गरेको थियो ।  

नादियाले बीबीसी रेडियोको विशेष कार्यक्रम आउटलुकका म्याथ्यु ब्यानिष्टरसँग आफ्नो कथाव्यथा खोलेकी थिइन् सोही कथा यहाँ प्रस्तुत गरिएको छ – 
कथित इस्लामिक स्टेटका चरमपन्थीहरु आउनुअघि म आफ्नो आमा र भाइबहिनीसँग उत्तरी इराकको शिन्जानजिकैको कोचु गाउँमा बस्थेँ । हाम्रो गाउँमा धेरैजसो मानिसहरु खेतीमा निर्भर छन् । त्यतिबेला म छ कक्षामा पढ्थेँ ।

हाम्रो गाउँमा १७  सयजति मानिसहरु शान्तिका साथ बस्दै आएका थिए । हामीलाई आईएसले कुनै चेतावनी नै नदिई हाम्रो गाउँ शिन्जामा आक्रमण गरेको थियो । ३ अगष्ट २०१४ को कुरा हो । जब आईएसले यजिदी मानिसमाथि आक्रमण गरेको थियो । केही मानिसहरु माउन्ट शिन्जातिर भागे । तर हाम्रो गाउँ धेरै टाढा थियो । हामी कतै भाग्नसक्ने अवस्थामा थिएनाँै । हामी ३–१५ अगष्टसम्म आईएसको बन्धक बन्नुपर्यो । 

यस्तोमा खबर आउनथालेको थियो – उनीहरुले ३ हजारभन्दा धेरै मानिसको हत्या गरिसके । अरु लगभग ५ हजार महिला र बच्चाहरुलाई आफ्नो कब्जामा लिएका छन् । यस्तो खबरले नै हामीलाई निकै दुःखित पारिसकेको थियो ।  

एक हप्तापछि मैले भाग्ने कोसिस गरेँ । उनीहरुले मलाई कोर्टमा लगे र सजायस्वरुप छ जना सुरक्षा गार्डले मेरो बलात्कार गरे ।

यहीबीच चरमपन्थीहरु आए र हाम्रा हतियार कब्जामा लिए । हामीले केही गर्न सकेनौँ । सक्ने अवस्था नै थिएन । हामी चारैतिरबाट घेरिइसकेका थियौँ । हामीलाई दुई दिनभित्रै धर्म बदल्न चेतावनी दिइएको थियो ।

इस्लाम बन्न धम्की   
१५ अगष्टमा म आफ्नो परिवारसँगै थिएँ । हामी निकै डराएका थियौँ किनकि हाम्रो सामुन्नेमै त्यस्तै खाले घटना घटेको थियो । त्यो दिन आईएसका लगभग १ हजार लडाकुहरु गाउँमा घुसेका थिए । हामीलाई स्कुल लगियो । स्कुलमा दुई भवन थिए । पहिलोमा उनीहरुले पुरुष र दोस्रोमा महिला र बच्चाहरुलाई राखे । उनीहरुले हाम्रा सबै कुरा लिए । मोबाइल पर्स, पैसा, गहना सबै । पुरुषहरुसँग पनि उनीहरुले यसै गरे । यसपछि उनका नेताले चर्को स्वर गर्दै भन्यो – जो इस्लाम धर्म अंगाल्न चाहन्छ उनीहरु कोठा छोडेर जाऊ । 
हामीलाई थाहा थियो – कोठा छोडेर गए पनि मरिन्थ्यो, किनभने यजिदीबाट इस्लाम बन्नेहरु असली मुसलमान हुँदैनन् भन्ने मान्यता उनीहरुको थियो । उनीहरु यजिदीहरु मुस्लिम बनेर मर्नैपर्छ भन्ने मान्यता राख्थे । महिला भएकाले हामी मर्दैनौँ भन्नेचाहिँ थाहा थियो । हामीलाई जिउँदै राखिन्छ र अरु केहीका लागि हामीलाई प्रयोग गरिन्छ ।  
जब उनीहरुले पुरुषलाई स्कुल बाहिर लगिरहेका थिए, कसैलाई पनि के हुँदै छ, गरिँदै छ  भन्ने भान नै थिएन । तर हामीले भने गोली चलेको आवाज सुनिरहेका थियौँ । हामीलाई को मरिरहेको छ भन्ने नै थाहा थिएन । मेरो भाइ र अर्को एक जना मरिरहेका थिए ।

सबै पुरुषमाथि गोली बर्साइयो 
उनीहरु को बच्चा, को बूढो, को युवा केही नभनी मारिरहेका थिए । केही परबाट हामी देख्न सक्थ्यौँ उनीहरुलाई गाउँबाट बाहिर लगिरहिएको थियो । लडाकुहरुले एक व्यक्तिबाट एउटा बच्चा खोसे तर उसलाई बचाउनको लागि नभई स्कुलमा लगेर छोडियो । उसले हामीलाई भनेअनुसार कसैलाई पनि छोडेनन् उनीहरुले । सबैलाई मारिदिए । 

जब उनीहरुले मानिसहरुलाई मारिदिए, हामीलाई गाउँमा लगे । त्यतिबेलासम्म राति भइसकेको थियो । हामीलाई उनीहरुले स्कुलमा राखेका थिए । हामीलाई तीनवटा समूहमा छुट्याइदिए । पहिलो समूहमा युवतीहरु, दोस्रोमा बच्चा र तेस्रोमा बाँकी महिलालाई राखियो । 

प्रत्येक समूहको लागि उनीहरुसँग योजना थियो के गर्ने भन्ने । बच्चाहरुलाई उनीहरुले प्रशिक्षण शिविरमा लगे । जुन महिला बिहेका लागि लायक थिएनन्, उनीहरुलाई मारिदिए, यो समूहमा मेरो आमा पनि सामेल हुनुहुन्थ्यो । 

बच्चाहरुलाई उनीहरुले प्रशिक्षण शिविरमा लगे । जुन महिला बिहेका लागि लायक थिएनन्, उनीहरुलाई मारिदिए, यो समूहमा मेरो आमा पनि सामेल हुनुहुन्थ्यो । 

हामीलाई लडाकुमा बाँडिदिए 
रातमा उनीहरुले हामीलाई मोसुल लगे । हामीलाई उक्त सहरमा लैजानेहरु तिनै थिए, जसले मेरा भाइहरु र आमाको हत्या गरेका थिए । उनीहरु हाम्रो उत्पीडन र बलात्कार गरिरहेका थिए । म केही सोच्न सक्ने अवस्थामा नै थिइनँ ।

उनीहरुले हामीलाई मोसुलमा इस्लामिक कोर्ट (अदालत)मा लगे । जहाँ उनीहरुले हरेक महिलाको तस्बिर लिए । म त्यहाँ हजारौँ महिलाको तस्बिर देखिरहेको थिएँ । सबै तस्बिरमा एउटा फोन नम्बर पनि हुन्थ्यो । यो फोन नम्बर त्यस लडाकुको हुन्थ्यो, जो महिलाको लागि जिम्मेवार हुन्थ्यो । 

सबै ठाउँबाट आईएस लडाकुहरु इस्लामिक कोर्टमा आउने र तस्बिर देखेर आफ्नो लागि युवती छान्ने गर्थे । फेरि मन परेपछि लडाकुले युवती ल्याउनेसँग भाउ लगाउँथ्यो । मन परे खरिद गर्थ्यो, कतिलाई पुरस्कारस्वरुप दिइन्थ्यो ।  

पहिलो रात जब हामीलाई उनीहरुले लडाकुसम्म पठाए, मलाई चाहनेवाला एउटा मोटो न मोटो थियो । म उसलाई कुनै पनि हालतमा चाहन्नथेँ । मैले उसको पाउ देखेँ । तर म उसको नजिक नै जान चाहन्नथेँ । 

एक मुस्लिम परिवारले मलाई आश्रय दिए  

एक हप्तापछि मैले भाग्ने कोसिस गरेँ । उनीहरुले मलाई कोर्टमा लगे र सजायस्वरुप छ जना सुरक्षा गार्डले मेरो बलात्कार गरे । तीन महिनासम्म मैले यौन उत्पीडन सहनुपर्यो । 
यो इलाकामा चारैतर्फ आईएसका लडाकुहरु फैलिएर रहेका थिए । सोही कारण यी महिनामा मलाई भाग्ने अवसर नै मिलेन । एकचोटि म एउटा पुरुषसँगै थिएँ । उसले मेरो लागि केही कपडा किन्न चाहन्थ्यो । किनकि उसको संकेत मलाई बेच्नको लागि थियो । जब ऊ पसल गयो । 

म घरमा एक्लै थिएँ । यही मौकामा म भागेँ । म मोसुलको गल्लीमा भागिरहेको थिएँ । मैले एक मुस्लिम परिवारको घरको ढोका ढकढकाएँ । उनीहरुलाई आफ्नो सबै कुरा सुनाएँ । उनीहरुले मेरो मद्दत गरे र कुर्दिस्तानको सीमासम्म पुर्याउन सहयोग गरे ।

शरणार्थी शिविरमा कसैले पनि मेरो जीवनबारे सोधेनन् । म दुनियाँलाई बताउन चाहन्थेँ – मेरा साथ के के भयो र त्यहाँ महिलाहरुलाई के के गरिरहिएको छ भन्ने । मसँग पासपोर्ट थिएन । कुनै देशको नागरिकता थिएन । म कति महिनासम्म आफ्नो कागजपत्र पाउनको लागि इराकमै बसिरहेँ । 

त्यही बेला जर्मन सरकारले त्यहाँका १ हजार मानिसलाई मद्दत गर्ने भयो । म पनि त्यसमध्ये एक थिएँ । मैले आफ्नो उपचार गराउँदा एक संगठनले मलाई संयुक्त राष्ट्रसंघमा गएर यसबारे सुनाउन भन्यो । म पनि आफ्नोसाथ के के भयो भन्ने सुनाउन दुनियाँको कुनै पनि कुनासम्म पुग्न तयार थिएँ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै