• २०८१ बैशाख ११ मंगलबार

बाराको सुपर ल्यामीकोट उद्योगमा आगलागी, करोडौंको क्षति

kharibot

बारा। बाराको सुपर ल्यामीकोट उद्योगमा शुक्रवार साँझ आगलागी भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१० नितनपुर स्थित सो उद्योगमा विद्युत् सर्ट सर्किटका कारण अबेर साँझ आगलागी भएका हो ।

साँझ करिब साँढे पाँच बजेको समयमा लागेको आगोलाई उद्योगमा कार्यर्त मजदुर , नेपाल प्रहरी , सशस्त्र प्रहरी तथा जीतपुरसिमरा उपमहानगरपालिका , बिरगंज महानगरपालिका र नेपाल आयल निगम आमलेगंजको वरुण यन्त्रको सह्योग करिब दुई घण्टा पछि नियन्त्रणमा दिईएको थियो ।

उद्योग प्रसाशनका विश्वनाथ गिरीले त्याँहा रहेको एक थान प्रिन्टर मेशिन, दुई थान लेमिनेशन मेशिन, एक थान ईन्स्पेक्शन मेशिन, दुई थान कटिङ्ग मेशिन लगायतका विभिन्न मिशिनहरु जलेर नष्ट भएको बताएका छन् ।

उनका अनुसार आगलागीका कारण उद्योगमा रहेका अन्दाजी दश करोड भन्दा बढीको मिशिनहरु जलेर पूर्ण रुपमा क्षति भएको छ ।

यता बारा प्रहरीले भने क्षतिको एकिन विवरण नआएकोले छानबिनपछि मात्र क्षतिको विवरण थाहा हुने बताएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै