• २०८१ बैशाख ७ शुक्रबार

अफगानिस्तान प्रिमियर लिग सुरु, सन्दीपले सुरुका ४ खेल गुमाउने 

kharibot

काठमाडौँ। युएइमा शुक्रबारदेखि सुरु भएको अफगानिस्तान प्रिमियर लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले सुरुका खेल गुमाउने भएका छन् । 

नगरहर लियोपार्डबाट खेल्ने भएका सन्दीप हाल राष्ट्रिय टिमका लागि मलेसियामा सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपको एसिया उप-क्षेत्रिय छनौट प्रतियोगिता खेलिरहेकाले अफगानिस्तान प्रिमियर लिगका सुरुका खेल गुमाउने भएका हुन् । 

सन्दीपको टिम नगरहर लियोपार्ड आज पहिलो खेल कन्दहर नाइटविरुद्ध खेल्दै छ। सन्दीपले नगरहरका आजसहतिका अक्टोबर ९ , ११ र १२ मा हुने ५ खेल गुमाउने भएका हुन्।

नेपाली राष्ट्रिय टिमका म्यानेजर रमन शिवाकोटीका अनुसार नेपालले टि-२० विश्वकपको अन्तिम खेल १२ अक्टोबरमा सिंगापुरसँग खेलेपछि सन्दीप सोहि दिन युएइ जाने तयारीमा रहेका छन्।  सन्दीपले १३ अक्टोबरमा हुने नगरहरको कन्दहर नाइटविरुद्धको खेल खेल्ने सक्ने शिवाकोटीले बताए।  उनले १३ अक्टोबरको खेल खेल्न सकेमा अफगानिस्तान प्रिमियर लिगमा सन्दीपले समुह चरणका ४ खेल खेल्ने बताए। 

५ अक्टोबरदेखि २३ अक्टोबरसम्म हुने यस प्रतियोगितामा कुल ५ वटा टिम काबुल जवान, बल्ख लिजेंड्स, कन्दहर नाइट, नगरहर लियोपार्ड र पक्तिया प्यान्थर्स टिमले भाग लिएका छन् । यस प्रतियोगिताको उद्घाटन खेलमा काबुल जवानले पक्तिया प्यन्थर्सलाई ३ विकेटले पराजित गर्दै पहिलो खेलमा जित हासिल गरेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै