• २०८१ बैशाख १३ बिहीबार

दशैको सम्झनामा (कविता)  

kharibot

मेरि प्रकृति पनि 
कति सुन्दर देखिएकी छिन् 
कतै धानका बाला झुलेका छन् 
कतै मखमली र सयपत्री 
फुल्न लागेका छन् 
कस्तो राम्रो बाताबरण 
कस्तो स्वास्थ र निर्मल हावा 
मान्छेहरू कति खुसी देखिएका 
सबैको मनमा उत्साह र 
उमंग छाएको छ यो बेला 
सद्भाव र आत्मीयताको यो पर्वमा 

म यतिखेर 
घरको बरन्डामा बसेर 
दशैको सम्झना गरिरहेको छु 
मलाई पनि दशै आउथ्यौ 
जब हामी साना साना थियौ 
मम्मी को हात समाउँदै 
मामाघर पुग्ने  गथ्यौ 
आहा ! क्या मनमहक पल 
क्या जिन्दगी थियो 
त्यो बालापनको समय 

तर आज भोलि 
हिजोको दशै र आजको दशैमा 
फरकफरक आएको छ 
मेलमिलाप र सद्भाव र आत्मीयता
जोड्ने पर्व भए ता पनि 
हृदयभित्र भावना र करुणाको 
भाव हद्दै गएको देखिन्छ मान्छेहरुमा 
हरेक वर्ष चाडपर्व आउँछ र जान्छ 
कसैलाई खुसी बनाएर जान्छ भने 
कसैलाई अझै पिडा थपेर जान्छ 
आज आफ्नै घरको बरन्डामा बसेर 
सबै मानवजातिको लागी 
सुख शान्ति र समृद्धिको काममा गर्दै 
दशैको सम्झना गरिरहेको छु ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै