• २०८१ बैशाख ६ बिहीबार

आमा (गजल)

kharibot

कमजोर तिमी नहोउ  फेरि आएर देखाउ आमा ।
सकिएछन् सपूत यहाँ जन्माएर देखाउ आमा ।

जन्माउन भन्दा बचाउन कठिन रहेछ यहाँ,
कयौं सपूत मरे अब बचाएर देखाउ आमा ।

कोहिले महाकाली बेचे कोहिले कालापानी बेचे,
दलालहरु सबलाई नेल लगाएर देखाउ आमा । 

जन्मभूमि स्वर्गद्यपी गरियसी भुल्नेहरुलाई
मातृत्वको भिख माग्ने, बनाएर देखाउ आमा ।

सन्तोष थापा
अरुण गाउँपालिका ७, भोजपुर।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै