• २०८१ बैशाख १४ शुक्रबार

दलित महिला उत्थान सङ्घद्वारा महिला हिंसा नियन्त्रणमा जोड

kharibot

चितवन । दलित महिला उत्थान सङ्घ (एड्वान)ले बालिका तथा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने विषयलाई मुख्य रूपमा अगाडि बढाउने भएको छ ।

एड्वानको यहाँ आज आयोजित १९औँ साधारणसभामा अध्यक्ष पम्फा परियारले भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुलुकमा पछिल्लो पटक महिला हिंसाका घटना बढ्दै गएको सन्दर्भमा त्यसको अन्त्यका लागि समान उद्देश्य भएका संस्थासँग सहकार्य र सञ्जालीकरण गर्ने योजना रहेको बताइन् ।

साधारणसभाको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका केन्दीय सदस्य तथा पूर्वसांसद जीवन परियारले स्थानीय तहमा दलित महिलाको पद संवैधानिक रूपमा सुनिश्चितताका लागि आफूले निकै सङ्घर्ष गर्नुपरेको भन्दै दलित महिलाको शिक्षा, सम्पत्ति र सत्तामा पहुँच हुनुपर्नेमा जोड दिए ।

नेकपा (क्रान्तिकारी माओवादी) का नेता राम नेपालीले दलित महिलाको आर्थिक, सामाजिक र शैक्षिक विकास नभएसम्म समृद्ध नेपालको नारा, नारामै सीमित हुने बताए । विसं २०५५ मा स्थापना भएको एड्वानले अर्घाखाँची, गोरखा, चितवन, बागलुङ र तनहुँलगायतका जिल्लामा आर्थिक अवस्था कमजोर भएका हजारौँ विपन्न समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

कार्यक्रममार्फत गोरखा, बागलुङ, अर्घाखाँची, चितवन, मुगु, झापा र इलामका १५ हजार ६७३ छात्रछात्रा लाभान्वित भएका थिए ।

एड्वानले आर्थिक वर्ष २०७५-७६ मा गोरखा, तनँहु, बागलुङ, अर्घाखाँची र चितवन जिल्लामा जिल्ला शाखा कार्यालय खोल्ने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै