दुर्गा भगवतीको शक्ति र आशिर्वादले चाडै पार्टी एकता हुन्छ : कमल थापा

खरीबोट

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले दुर्गा भगवतीको शक्ति र आशिर्वादले दशैको आसपास मै पार्टी एकता चाडै हुने खुलासा गरेका छन् । 

आज पार्टीको सम्पर्क समाज समन्वय बिभागद्वारा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले मुलुकलाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति आबश्यक भएकोले अब कहिल्यै नफुट्ने गरि पार्टी एकता हुने उनले स्पष्ट पारे । हिजोको फुटमा कस्को गल्ती कमजोरी भयो, किन पार्टी फुट्यो , भन्नेतर्फ समय बर्बाद गर्ने भन्दा पनि अब एकतालाई कसरी बलियो र दिगो पार्टी बनाउने भन्नेतर्फ सोच्नुपर्ने बिचार राखे ।

देशभरिका कार्यकर्ताहरुको मात्र चाहना र भावना नभई अन्य पार्टीकाले पनि पार्टी एकतालाई सकारात्मक रुपमा लिएको उनले टिप्पणी गरे ।"आज बिहान मात्रै एउटा कार्यक्रममा नेकपा र काङ्ग्रेसका नेताहरुलाई भेट्दा तपाईहरुको एकता कहाँ पुग्यो? मिल्दा राम्रो हुन्छ है भन्ने प्रतिक्रिया पाए" थापाले भने । 

घटस्थापननाको दिन दिईदै आएको सार्बजनिक बिदा कटौती प्रती उनले आक्रोश पोखे । धर्म , सस्कृती र पहिचानलाई मेट्न खोज्ने षडयन्त्र धेरै दिन नटिक्ने उनको भनाई थियो ।

परम्परा र सस्कृतिको संरक्षण र सम्बर्द्धनमा निरन्तर कटिबद्ध भएर लाग्न कार्यकर्ताहरुलाई थापाले आग्रह गरे । कार्यक्रममा महामन्त्री भाष्कर भद्रा , वरिष्ठ नेता बालाराम घर्ती मगर लगायतले बोलेका थिए ।

सम्बन्धित समाचार

एकताको ढोका खुल्ला राख्दै पार्टी काम अघि बढ्छ : कमल थापा 

सुर्खेत । राप्रपा अध्यक्ष कमल थापाले पार्टी एकताको ढोका सदैब खुल्ला रहेको भन्दै तर पार्टी संगठनको काम पनि निरन्तर जारी रहने बताएका छन् । आज सुर्खेतको बिरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै

काँग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिएमा सहकार्य गर्न सकिन्छ - कमल थापा 

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली काँग्रेस हिन्दु राष्ट्रका पक्षमा उभिएमा सहकार्य गर्न सकिने बताएका छन्। चितवनको भरतपुरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले काँग्रेसभित्रका नेताहरुले

राप्रपा जनताको घर दैलोमा जान्छ -  प्रवास विभाग प्रमुख खडका

दाेलखा। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खडकाले राप्रपाले सनातन मूल्य मान्यता सहित सर्वधर्म समभावकाे हिन्दुराष्ट्र,सवैलाई मान्य हुने राजसंस्थाकाे स्थापना र वर्तमान अराजकता,वेथितिविरूद्ध आम्दोलनकाे भिषण आधिबेहरी

आन्दोलनको तयारी गर्न कमल थापाको कार्यकर्तालाई निर्देशन

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संगठन सुदृढीकरण अभियानलाई तीब्र पार्दै निर्णायक आन्दोलनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।  आफ्नो बसोबास क्षेत्र काठमाडौं -५ को क्षेत्रीय समिति,


z