• २०८१ बैशाख ७ शुक्रबार

दुर्गा भगवतीको शक्ति र आशिर्वादले चाडै पार्टी एकता हुन्छ : कमल थापा

kharibot

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले दुर्गा भगवतीको शक्ति र आशिर्वादले दशैको आसपास मै पार्टी एकता चाडै हुने खुलासा गरेका छन् । 

आज पार्टीको सम्पर्क समाज समन्वय बिभागद्वारा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले मुलुकलाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति आबश्यक भएकोले अब कहिल्यै नफुट्ने गरि पार्टी एकता हुने उनले स्पष्ट पारे । हिजोको फुटमा कस्को गल्ती कमजोरी भयो, किन पार्टी फुट्यो , भन्नेतर्फ समय बर्बाद गर्ने भन्दा पनि अब एकतालाई कसरी बलियो र दिगो पार्टी बनाउने भन्नेतर्फ सोच्नुपर्ने बिचार राखे ।

देशभरिका कार्यकर्ताहरुको मात्र चाहना र भावना नभई अन्य पार्टीकाले पनि पार्टी एकतालाई सकारात्मक रुपमा लिएको उनले टिप्पणी गरे ।"आज बिहान मात्रै एउटा कार्यक्रममा नेकपा र काङ्ग्रेसका नेताहरुलाई भेट्दा तपाईहरुको एकता कहाँ पुग्यो? मिल्दा राम्रो हुन्छ है भन्ने प्रतिक्रिया पाए" थापाले भने । 

घटस्थापननाको दिन दिईदै आएको सार्बजनिक बिदा कटौती प्रती उनले आक्रोश पोखे । धर्म , सस्कृती र पहिचानलाई मेट्न खोज्ने षडयन्त्र धेरै दिन नटिक्ने उनको भनाई थियो ।

परम्परा र सस्कृतिको संरक्षण र सम्बर्द्धनमा निरन्तर कटिबद्ध भएर लाग्न कार्यकर्ताहरुलाई थापाले आग्रह गरे । कार्यक्रममा महामन्त्री भाष्कर भद्रा , वरिष्ठ नेता बालाराम घर्ती मगर लगायतले बोलेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै