• २०८१ बैशाख १२ बुधबार

स्वदेशी चिनीभन्दा विदेशी चिनी सस्तो ! विदेशी चिनी उपभोग गर्न बाध्य

kharibot

बारा। आफ्नैं देशको कच्चा पदार्थबाट उत्पादित चिनीको मूल्य भन्दा सार्क राष्ट्रहरुबाट उत्पादित चिनीको मूल्य कम भएको हुँनाले आम नेपाली उपभोक्ताहरुले स्वदेशी भन्दा पनि विदेशी चिनी प्रयोग गर्दै आएका छन् ।  

चिनी उत्पादनको लागि आवश्यक कच्चा पदार्थ प्रयाप्त मात्रामा उत्पादन भएतापनि दक्ष जनशक्ति, केमिकल्स् लगायत आवश्यक उपकरणहरुको व्यवस्था नभएका कारण स्वेदशी उत्पादन भन्दा विदेशबाट आयात भएको चिनी सस्तो मूल्यमा खरिद गरि उपभोग गर्न नेपालीहरु बाध्य भएका हुन् ।

हुँन त नेपाल कृषि प्रधान देश हो , यहाँका किसानहरु नगदे बालीको रुपमा वर्षेनी उँखु खेती गर्दै आएका छन् । किसानहरुले वर्षेनी खेती गर्न खर्च समेत बढदै जाने तर , वृद्धि भएको खर्च अनुसार मूल्य समेत नपाइँनुको साथै उधारो मैं उँखु विक्री गर्नु पर्ने भएकाले यसको खेती निरन्तर बढाउँनु पर्ने भन्दा घटाउँने तर्फ लागि परेको किसान मनोज गुप्ताले बताए । 

चिनी उत्पादनका लागि आवश्यक कच्च पदार्थ अन्तराष्ट्रिय बजारको तुलनामा महंगोमा उद्योगीहरुले खरिद गर्नु पर्ने बाध्यता रहेको छ । साथै चिनी उत्पादनको लागि आवश्यक केमिकल उपकरण लगायत दक्ष जनशक्तिहरु समेत स्वदेशमा नभई विदेशबाट आयात गर्नु पर्ने भएकोले अन्तराष्ट्रिय बजारको तुलनामा यहाँ उत्पादित चिनीको मूल्य स्वत: बढने रिलायन्स चिनी मिलका प्रबन्धक मनोज पोद्दारले बताए । 

बाराको बिभिन्न बजारमा साना ठूला गरी हजारौंको संख्यामा पसलहरु रहेका छन् । तर , ती पसलहरुमा स्वदेशी नभई भारतबाट उत्पादित चिनी मात्र विक्री गर्दै आएको देखिन्छ । स्वदेशी भन्दा भारतीय चिनीको मूल्य प्रति किलो ८ देखि १० रुपैयाँ सस्तो भएकोले उपभोक्ताहरु विदेशी चिनी प्रयोग गर्ने गरेको बताएका छन् । 

विदेशी उत्पादनलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादन प्रति आम उपभोक्ताहरुलाई प्रोत्साहन गर्न सरकारसँग स्पष्ट निति भएतापनि त्यसको ठिक विपरित हुँदै आएको छ । एकातिर नेपाल कृषि प्रधान देशको रुपमा परिचित , अर्कोतिर सरकारको गलत रवैयाका कारण लाखौं किसानहरुले वर्षेनी अरबौं रुपैयाँ घाटा व्यहोर्दै आएका छन् । 

भने चिनी जस्तो मुल खाद्य वस्तु उत्पादन गर्ने दर्जनौं स्वदेशी उद्योगहरु अन्तर्राष्ट्रिय बजार मूल्यको तुलनामा सस्तो मूल्यमा विक्री गर्न नसकि दिन प्रति दिन उद्योग नैं धरासायी बन्दै गएको देखिन्छ । भने अर्को तिर आम नेपाली उपभोक्ताहरुको स्वदेशी उत्पादन नभई विदेशी उत्पादन मैं दैनिक करोडौं रुपैयाँ विदेशिने गरेको देखिन्छ । 

यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा नपरेको पनि होईन । तर , यस प्रति सरकारको उदासिनताको कारण पैसा विदेशिने क्रम जस्ताको त्यस्तै रहेको छ । सरकारको गलत नितिको कारणले कृषकहरुले दिनरात मिहिनेत गरि आफ्नैं खेतबाट उत्पादन गरेको उँखुको चिनी उपभोग गर्नबाट बञ्चित भएका छन् । 
श्याम गुप्ता÷बारा

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै