सन्दीपको कमाल !

खरीबोट

तस्बीर : रमन शिवाकोटी

काठमाडौँ। सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगिताअन्तर्गत नेपालले आयोजक मलेसियालाई पराजित गरेको छ। आज भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो। मलेसियालाई पराजित गर्ने क्रममा नेपाली गुगली ब्वाय सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। सन्दीपले ४ ओभरमा २० रन दिएर ५ विकेट लिएका थिए। पहिलो खेलमा म्यानमारविरुद्ध ४ विकेट लिएका सन्दीपले २ खेलमा कुल ९ विकेट लिएका छन्। सन्दीप दुवै खेलमा 'म्यान अफ द म्याच' बनेका छन्।  

 

सम्बन्धित समाचार

आइपिएलको खेल तालिका सार्वजनिक, सन्दीपको टिम दिल्लीले पहिलो खेल मुम्बईसँग खेल्ने 

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १२औ संस्करणको पहिलो दुई साताको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भारतमा यस बर्ष हुने आम निर्वाचनका कारण पहिलो

प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह (फोटो फिचर)

काठमाडौँ । ६९ प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना भएको छ ।  समारोहमा विविध सांस्कृतिक झलक, सेनाबाट सलामी अर्पण, नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि, मोर्चापास लगायतको कार्यक्रम भएको छ।  कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी,

पाकिस्तान सुपर लिग खेल्न सन्दीप युएईमा 

काठमाडौँ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न युएई पुगेका छन् । गत फेब्रुअरी १४ बाट सुरु भएको पीएसएलमा सन्दीप लाहोर कलान्दर्सबाट खेल्दै छन् ।

 बिग बासको फाइनलमा सन्दीपको किफायती बलिङ 

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिगको फाइनलमा विकेट नलिए पनि किफायती बलिङ गरेका छन् । सन्दीपले आफ्नो ४ ओभर बलिङ गर्दै केवल १६ रन दिएका छन् ।


z