• २०८१ बैशाख ७ शुक्रबार

सन्दीपको कमाल !

kharibot

तस्बीर : रमन शिवाकोटी

काठमाडौँ। सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगिताअन्तर्गत नेपालले आयोजक मलेसियालाई पराजित गरेको छ। आज भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो। मलेसियालाई पराजित गर्ने क्रममा नेपाली गुगली ब्वाय सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। सन्दीपले ४ ओभरमा २० रन दिएर ५ विकेट लिएका थिए। पहिलो खेलमा म्यानमारविरुद्ध ४ विकेट लिएका सन्दीपले २ खेलमा कुल ९ विकेट लिएका छन्। सन्दीप दुवै खेलमा 'म्यान अफ द म्याच' बनेका छन्।  

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै