• २०८१ बैशाख ८ शनिबार

कक्षा ११ को परीक्षाफ़ल सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा 

kharibot

भक्तपुर।  राष्ट्रिय परीक्षा बोर्डले गएकाे जेठ महिनामा सञ्चालन गरेकाे कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

प्रकाशित नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउनेकाे संख्या एक हजार एक सय १५ विद्यार्थी छ।

त्यस्तै जीपीए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९, जीपीए २.८१ देखि जीपीए ३.२० सम्म ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन्। 

त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१,जीपीए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०, जीपीए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् ।

जीपीए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६, जीपीए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ र जीपीए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन्।अंकाङ्कन पद्धतिमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । कक्षा ११ को परीक्षा गत ९ जेठमा सम्पन्न भएको थियो।

कुनै एक विषयमा डी प्लस तथा सो भन्दा तल्लो ग्रेड ल्याउनेका लागि मंसिर आठ गते मौका परीक्षाको व्यवस्था गरिएको छ ।

विगतका वर्षको तुुलनामा यस वर्ष छिटो नतिजा सार्वजनिक भएको परीक्षा नियन्त्रक कृष्ण शर्माको दाबी छ । विगतका वर्षमा परीक्षा वैशाख जेठमै सञ्चालन भएपनि नतिजा भने पुुस वा माघमा मात्रै सार्वजनिक हुुने गरेको थियो । 

नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ। नतिजा राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np/results र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटबाट हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

NEB टाइप गरी एक स्पेस दिएर सिम्बाेल नम्बर टाइप गरी १६०० मा पठाउन सकिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै