• २०८१ बैशाख ७ शुक्रबार

रियल म्याड्रिड पराजित, पछिल्ला ४ खेलमा गोल बिहिन 

kharibot

काठमाडौँ।  स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ। गएराति भएको खेलमा रियल म्याड्रिड डिपोर्टीभो आल्भेजसँग १-० गोल अन्तरले पराजित भएको छ। आल्भेजलाई मनु गार्सियाले खेलको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै १-० को जित दिलाएका हुन्। 

आल्भेजले रियल म्याड्रिडलाई आफ्नो घरेलु मैदानमा सन् १९३१ पछि पहिलो पटक पराजित गरेर नयाँ इतिहास बनाएको छ। 

यो हार सँगै रियल म्याड्रिडले आफ्ना पछिल्ला ४ खेलमा ३ मा हार बेहोरेको छ भने सन् २००२ पछि ला लिगामा खेलेका लगातार ४ खेलमा गोल गर्न असफल भएको छ। 

रियलको पराजयसँगै यसै सिजनमा जिनेदिन जिदानको ठाउमा आएका म्यानेजर जुलेन लोपेटेगुईलाई दबाब बढेको छ। इस्को र मार्सेलो जस्ता महत्वपूर्ण खेलाडी घाइते हुदा पनि रियल अप्ठ्यारोमा परेको हो भने क्रिस्टियानो रोनाल्डोले क्लब छोडेपछि रियलले गोल गर्न भने संघर्ष गरिरहेको देखिएको छ  । 

हारपछि रियल म्याड्रिडको ८ खेलमा १४  भने शिर्ष स्थानमा रहेको बार्सिलोनाको ७ खेलमा १४ अंक नै रहेको छ भने अब रियल माथि ३ अंकको अग्रता लिने अवसर प्राप्त भएको छ। त्यस्तै आल्भेजको ८ खेलमा १४ अंकसहित तेस्रो स्थानमा रहेको छ। 

रियलले अब अर्को खेल अक्टोबर २० मा लेभांटेसँग खेल्ने छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै