• २०८१ बैशाख १२ बुधबार

युभेन्ट्सको जितमा रोनाल्डोको गोल 

kharibot

काठमाडौँ।  इटालियन सिरी ए मा युभेन्टसले लगातार अठौ खेलमा जित हासिल गरेको छ। गएराती भएको खेलमा युभेन्टसले उडीनेसलाई २-० गोल अन्तरले पराजित गर्दै सिरी ए मा लगातार आठौ जित हासिल गरेको छ भने यस सिजनमा युभेन्ट्सको यो लगातार १०औ जित हो। 

युभेन्ट्सको जितमा रोड्रीगो बेन्टानकर र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए। युभेन्ट्स यो जितसहित ८ खेलमा २४ अंक हासिल गर्दै लिगको शिर्ष स्थानमा रहेको छ। 

युभेन्ट्सको लगातार आठौ जित सिरी ए को इतिहासमा कुनै पनि टिमले जितेको यो छैठौ पटक हो।  जसमा युभेन्ट्सले १९३०-३१, १९८५-८६, २००५-६ र २०१८-१९ गरी चार पटक लगातर आठ खेलमा जित हासिल गरेको छ भने रोमाले २०१३-१४ मा र नापोलीले २०१७-१८ मा लिगका सुरुका आठ खेल लगातार जितेको थियो। 

युभेन्ट्सले अब अक्टोबर २० मा जेनोअसँग सिरी ए को खेल खेल्ने छ भने अक्टोबर २४ मा च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडसँग खेल्ने छ।           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै