पूर्वप्रहरी महानिरीक्षक खरेलको ‘आत्मकथा’ विमोचन

खरीबोट

काठमाडौँ। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलको ‘आत्माकथा’ विमोचन गरिएको छ । 

प्रहरी सङ्गठनमा तीनदशक काम गर्नुभएका खरेलले सङ्गठनमा काम गर्दा भोगेका सुख, दुःखका क्षणलाई समेटेर तयार परेको पुस्तकको पूर्वराष्ट्रपति डा रामवरण यादव र अमर प्रहरी पत्नी वृन्द्रा अधिकारीले संयुक्तरुपमा विमोचन गरेका छन् । 

सो अवसरमा पूर्वराष्ट्रपति डा यादवले पञ्चायतकालदेखि बहुदलीय व्यवस्थासम्म भोगेका भोगाइ समेटेर प्रहरी सङ्गठन प्रमुखले लेखेको पुस्तक वर्तमान र भावी पुस्ताका लागि पठनीय भएको बताएका छन् । उनले आफू राजनीति जीवनबाट राष्ट्रपति बनेको बताउँदै राजनीतिकर्मी र प्रहरीबीचको सम्बन्धका बारेमा समेत पुस्तकमा उल्लेख गरिएको बताए । “आउने पुस्ताले पुस्तकबाट पाठ सिक्नु जरुरी छ”, उनले भने । 

पुस्तकका बारेमा चर्चा गर्दा राजनीतिशास्त्री हरि शर्माले पुस्तकमा लेखकको कालखण्डको इतिहास झल्केको बताए । “एक व्यक्तिको आत्मकथाबाट अर्को व्यक्ति मञ्जुर हुनुपर्छ भन्ने छैन, हरेक व्यक्तिको आआफ्नो आत्मकथा हुन्छन्”, उनले भने । 

लेखकले प्रहरी निरीक्षकमा खेलाडीका रुपमा प्रवेश गरेर सर्वोच्च पद आइजिपीसम्म पुग्दा गरेका सङ्घर्षलाई पुस्तकमा समावेश गरेको शर्माले बताए।  पुस्तकमा लेखकले विभिन्न घटना, परिघटना समावेश गरेको शर्माको भनाइ छ । 

लेखक एव्म पूर्वमहानिरीक्षक खरेलले जागिरको दौरानमा भएका अविस्मरणीय क्षणलाई पुस्तकमा समावेश गरेको बताए । “पञ्चायतकालमा जागिर खाँदा होस् या बहुदल आएपछि जागिर खाँदा होस् यी सबै घटनालाई पुस्तकमा समावेश गरेको छु”, उनले भने । 

सम्बन्धित समाचार

आत्मकथाको विधामा नयाँ रेकर्ड बनाउँदै मिशेल ओबामाको 'बिकमिङ'

काठमाडौं । अमेरिकाको पूर्व फस्ट लेडी मिशेल ओबामाको संस्मरण 'बिकमिङ' आत्मकथाको इतिहासमै सबैभन्दा धेरै बिक्री भएको पुस्तक बन्ने क्रममा रहेको प्रकाशक पेन्गुइन र्यान्डम् हाउसले बताएको छ । प्रिन्ट, डिजिटल र अडियोबुक

तेस्रो लिङ्गी भूमिका श्रेष्ठको आत्मकथाको विमोचन

काठमाडौँ । तेस्रो लिङ्गी भूमिका श्रेष्ठको आत्मकथा ‘भूमिका’ आज सार्वजनिक भएको छ । कुञ्ज थिएटरमा आयोजित कार्यक्रममा कलाकार रमेश उप्रेती, नायिका रेखा थापा, पूर्वमिस नेपाल माल्भिका सुब्बालगायतले उक्त आत्मकथा विमोचन

उद्योगपति किसनलाल दुगडको जन्मोत्सवमा 'द रेनासाँ म्यान' नामक सचित्र आत्मकथा विमोचन

काठमाडौँ। औद्योगिक घराना के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगड को ७५ औं जन्मोत्सव पारेर उहा“को सचित्र आत्मकथा समेटिएको “द रेनासाँ म्यान” नामक पुस्तक विमोचन गरिएको छ । उक्त पुस्तक विमोचन

पूर्वप्रहरी महानिरीक्षक खरेलको ‘आत्मकथा’ विमोचन

काठमाडौँ। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलको ‘आत्माकथा’ विमोचन गरिएको छ ।  प्रहरी सङ्गठनमा तीनदशक काम गर्नुभएका खरेलले सङ्गठनमा काम गर्दा भोगेका सुख, दुःखका क्षणलाई समेटेर तयार परेको पुस्तकको पूर्वराष्ट्रपति डा रामवरण


z