• २०८१ बैशाख १२ बुधबार

पूर्वप्रहरी महानिरीक्षक खरेलको ‘आत्मकथा’ विमोचन

kharibot

काठमाडौँ। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलको ‘आत्माकथा’ विमोचन गरिएको छ । 

प्रहरी सङ्गठनमा तीनदशक काम गर्नुभएका खरेलले सङ्गठनमा काम गर्दा भोगेका सुख, दुःखका क्षणलाई समेटेर तयार परेको पुस्तकको पूर्वराष्ट्रपति डा रामवरण यादव र अमर प्रहरी पत्नी वृन्द्रा अधिकारीले संयुक्तरुपमा विमोचन गरेका छन् । 

सो अवसरमा पूर्वराष्ट्रपति डा यादवले पञ्चायतकालदेखि बहुदलीय व्यवस्थासम्म भोगेका भोगाइ समेटेर प्रहरी सङ्गठन प्रमुखले लेखेको पुस्तक वर्तमान र भावी पुस्ताका लागि पठनीय भएको बताएका छन् । उनले आफू राजनीति जीवनबाट राष्ट्रपति बनेको बताउँदै राजनीतिकर्मी र प्रहरीबीचको सम्बन्धका बारेमा समेत पुस्तकमा उल्लेख गरिएको बताए । “आउने पुस्ताले पुस्तकबाट पाठ सिक्नु जरुरी छ”, उनले भने । 

पुस्तकका बारेमा चर्चा गर्दा राजनीतिशास्त्री हरि शर्माले पुस्तकमा लेखकको कालखण्डको इतिहास झल्केको बताए । “एक व्यक्तिको आत्मकथाबाट अर्को व्यक्ति मञ्जुर हुनुपर्छ भन्ने छैन, हरेक व्यक्तिको आआफ्नो आत्मकथा हुन्छन्”, उनले भने । 

लेखकले प्रहरी निरीक्षकमा खेलाडीका रुपमा प्रवेश गरेर सर्वोच्च पद आइजिपीसम्म पुग्दा गरेका सङ्घर्षलाई पुस्तकमा समावेश गरेको शर्माले बताए।  पुस्तकमा लेखकले विभिन्न घटना, परिघटना समावेश गरेको शर्माको भनाइ छ । 

लेखक एव्म पूर्वमहानिरीक्षक खरेलले जागिरको दौरानमा भएका अविस्मरणीय क्षणलाई पुस्तकमा समावेश गरेको बताए । “पञ्चायतकालमा जागिर खाँदा होस् या बहुदल आएपछि जागिर खाँदा होस् यी सबै घटनालाई पुस्तकमा समावेश गरेको छु”, उनले भने । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै