• २०८१ बैशाख १२ बुधबार

टि-२० विश्वकप छनौट : चीनको खराब प्रदर्शन जारी, लगातार चौथो खेलमा पराजित 

kharibot

काठमाडौँ। सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपको एसिया उप-क्षेत्रिय छनौट प्रतियोगितामा चीनको लागातार चौथो खेलमा पराजित भएको छ। 

आज भएको खेलमा चीन म्यानमारसँग ८ विकेटको हार बेहोरेको छ। चीनले दिएको ४९ रनको लक्ष्य पछायाएको म्यानमारले २ विकेट गुमाउदै ७.५ ओभरमा पुरा गर्दै तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ। 

यस अघि चीन लगातार चौथो खेलमा ५० भन्दा कम रनमा अल आउट हुदै १५.२ ओभरमा ४८ रनमा अल आउट भएको थियो।  चीनको पारीमा १८ रन अतिरिक्त रनको रुपमा पाएको थियो।

यसअघि चीन सिंगापुरविरुद्ध २६ रनमा अलआउट भएको थियो। त्यस्तै भुटानसँग ९ विकेटले पराजित हुदा ४६ रनमा अल आउट भएको थियो भने थाईल्याण्डसँग १० विकेटले पराजित हुदा केबल ३५ रनमा अलआउट भएको थियो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै