• २०८१ बैशाख १३ बिहीबार

कार्की र मल्लले जिते कार्ल्सवर्ग गल्फ सिरिज् २०१८

kharibot

काठमाडौं। कार्ल्सवर्ग गल्फ सिरिज् २०१८ को अन्तिम लिग अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको फाइनल सिरिज समाप्त भएको छ। । ३ वटा सिरिजको यस प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरहरुको कडा प्रतिस्पर्धा देखिएको थियो।  

३ वटा सिरिज् मध्येको अन्तिम सिरिजको सुरुवात असोज २० गते भएको थियो । आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदयमान–गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका दिइएको थियो । यो सिरिज ¾ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फर्म्याटमा खेलिएको थियो । 

पवित्रकुमार कार्कीले ३०० अंकप्राप्त गरी आफ्नो लागि नेट सेक्सनमा पहिलो स्थान हासिल गर्न सफल भए भने पृथ्वी मल्लले ४९० अंकका साथ सिरिजका ग्रस च्याम्पियन बन्न सफल भए ।

गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले आफ्नो अनुभव सुनाउदै भने, 'कार्ल्सवर्ग गल्फ सिरिज सन् १९९० देखि नेपालमा गल्फ खेलको गौरवशाली प्रायोजक रहेको कार्ल्सबर्गले प्रतिभाशाली उदयमान गल्फरहरुलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै कार्ल्सबर्ग गल्फ सिरिजले साँच्चै नै लामो बाटो तय गरेको छ । यसका साथै हामी हाम्रो पार्टनर गोकर्ण फरेष्ट रिसर्टलाई पनि यो प्रतियोगितालाई सफल बनाउन निरन्तर साथ दिएकोमा धन्यवाद दिन चाहन्छौं ।'

रोजन अमात्य, गोर्खा ब्रुअरीका बजार प्रबन्धकले आफ्नो उत्साह बाँड्दै भने, “यस प्रतियोगिताका लागि हामीले ज्यादै नै उत्कृष्ट प्रतिक्रीया प्राप्त गरेका छौं र हामी सहभागीहरुलाई पनि कृतज्ञता व्यक्त गर्न चाहन्छौं । यसका साथै हामी हाम्रा पार्टनर, गोकर्ण फरेष्ट रिसर्टलाई यस प्रतियोगितालाई सफल बनाउनका लागि गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छौं ।”

दीपकआचार्य, गोकर्ण फरेष्ट रिजर्टका प्रमुख गल्फ निर्देशकका अनुसार, “कार्ल्सबर्ग गल्फ सिरिज उदयमान गल्फरहरुका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च हो । गोकर्ण रिजर्टको तर्फबाट म कार्ल्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । यस्तो प्रायोजनले नेपालमा गल्फको उत्थान तथा विकासमा पक्कै पनि मद्दत मिल्ने छ ।”

विजेताहरुको नामः

नेट च्याम्पियन : पवित्रकुमार कार्की
ग्रस च्याम्पियन  : पृथ्वी मल्ल
नेट विजेता : पवित्रकुमार कार्की
ग्रस उप–विजेतापृथ्वीमल्ल
सिनियर विजेता एलटी जेनरल : केएनएस थापा
महिलातर्फका विजेता : युजीन सिम
क्लोजेष्ट टु द पिनडा : नीरनजन शर्मा 
मोष्ट बर्डिज ::पृथ्वी मल्ल

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै