• २०८१ बैशाख १४ शुक्रबार

स्वदेशमै कुखुरापालनले राम्रो आम्दानी गर्दै कपिलवस्तुको युवा जोडी   

kharibot

कपिलवस्तु।  स्वदेश मै व्यवसाय गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण कपिलवस्तुको बाणगंगाका दुई युवाले गरेर देखाएका छन्। करिब १५ बर्ष विदेशमा विताएर नेपाल फर्किएका राजेन्द्र अधिकारी र नेपालमै आफ्नो व्यवसाय गरे बसेका आत्मराम बेल्बासेले कुखुरा पालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने देखिएको छ। 

सुरुमा बैंकबाट ४०-४५ लाख ऋण लिएर सुरु गरेको कुखुरा व्यवसायबाट अहिले मासिक एक देखि डेढ लाखसम्म आम्दानी गरिरहेको एक संचालक राजेन्द्र अधिकारी बाताउछन्। विदेश भौतारिन भन्दा स्वदेशमा केहि काम गरे विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिने उनीहरुको बुझाई रहेको छ। 

सुरुमा ३५ सय लेयर्स कुखुराबाट सुरु गरेको कपिवास्तु पोल्ट्री एण्ड ह्याचरी फर्ममा अहिले ७ हजार कुखुरा पुगेको छ। अहिले उनीहरुले डेढ बिघा जग्गा लिएर १५ कठ्ठामा कुखुरा पालन गरेका छन् भने बाँकीमा तरकारी खेती गरेको बताउछन् । आफ्नै व्यवसाय गर्दा अहिले मासिक राम्रै आम्दानी हुन थालेकाले कसैको दबाब र भनाई सुन्न नपरेको उनीहरु बताउछन् ।

 

विदेशमा दुख गर्नुभन्दा केहि समय अगाडी नै यो व्यवसाय गरेको भए राम्रै नाफा आर्जन गर्न सकिने रहेछ भन्दै विदेश जान भन्दा स्वदेश मै केहि गर्न अन्य युवालाई पनि उनीहरुले आग्रह गरेका छन्। फर्ममा आफुहरु नै खटेर काम गर्ने र अन्य तीन जनालाई रोजगार समेत दिएको फर्मका संचालक अधिकारी बताउछन्। अहिले कैयौ नेपाली दाजुभाईहरु विदेशमा दुख पाएको समाचार आइरहेका बेला स्थानीय रुपमा युवाहरुले आफ्नै व्यवसाय गरेर पनि राम्रो आम्दानी गर्न सकिने उदाहरणको रुपमा यो जोडीले उदाहरणीय काम गरेका छन्।                       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै