• २०८१ बैशाख ८ शनिबार

मन्त्रिपरिषद बैठकले के के निर्णय गर्यो ?

kharibot

काठमाडौँ।  सरकारले पत्रकारहरुको न्यनूतम् पारिश्रमिक २५ प्रतिशत बढाउने निर्णय गरेको छ। आइतवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकारहरुको न्यूनतम् पारिश्रमिक २५ प्रतिशतले बढाउने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्ले कात्तिकबाट लागू हुने गरी पत्रकारहरुको न्यूनतम् पारिश्रमिक बढाउने निर्णय गरेको हो । 

त्यस्तै मन्त्रिपरिषद्ले उखु किसान र चिनीको समस्या समाधान गर्न सात सदस्यीय सुझाव समिति पनि गठन गर्ने निर्णय गरेको छ।

सरकारले सरकारी प्रकाशन गोरखापत्र संस्थानको अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै