• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्र बैंकले भोलि दुुई अर्ब ८९ करोडको ट्रेजरी बिक्री गर्ने 

kharibot

काठमाडौं । भोलि सोमबार नेपाल राष्ट्र बैंकले दुुई अर्ब ८९ करोड ६० हजार रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार ९१ दिने अवधिको एक अर्ब र एक सय ८२ दिने अवधिको एक अर्ब ८९ करोड ६० हजार रुपैयाँको ट्रेजरी भोलि सोमबार बिक्री गर्न लागिएको हो । 

जारी मिति असोज २३ गते मंगलबार तोकिएको उक्त ट्रेजरी खरिदको लागि भोली सोमबार अपरान्ह तीनबजेसम्म आवेदन दिनुु पर्नेछ ।

राष्ट्र बैंकका अनुसार ट्रेजरीको परिपक्व हुुने अवधि क्रमश २०७५ पुुस २४ गते र २०७५ चैत १२ गते तोकिएको छ ।

राष्ट्र बैंकले यसअघि असोज १५ गते पनि ९१ दिने अवधिको एक अर्ब र एक सय ८२ दिने अवधिको तीन अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै