विमानस्थलमा आकस्मिक दुर्घटना भए के गर्ने ? सिमरामा सुरु भयो हवाइसुरक्षा गोष्ठी

खरीबोट

बारा । नेपाल नागरिक उड्डयन प्राधिकरण हवाइ सुरक्षा विभागको आयोजनामा विमानस्थल आकस्मिक योजनासम्बन्धी दुई दिने सेमिनार बाराको सिमरामा सुरु भएको छ । 

विमानस्थलमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरण र सतर्कताका लागि सरोकारवालाहरुलाई प्रशिक्षण प्रदान गर्न यस कार्यक्रमको आयोजना गरिएको हो ।

विमानस्थलमा हामीले आँकलन गरेका सबै खालमा आकस्मिकताहरुलाई पहिचान गर्नका लागि हरेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुमा आकस्मिक योजना बनाइन्छ र त्यसलाई १३ वटा अवस्थामा वर्गीकरण गरेर ५ नम्बरका थ्रेट अर्थात् जहाजमा बम भएमा के हुन्छ र त्यहाँ कुन–कुन संस्थाले के–के जिम्मेवारी पूरा गर्न सक्छ भन्ने बारेमा सरोकारवालाहरुहरुलाई जानकारी दिन यस कार्यक्रमको आयोजन गरिएको नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक विक्रमराज गौतमले जानकारी दिए ।

विमानस्थलमा आकस्मिक रुपमा आएका दुर्घटनालाई नियन्त्रण गरी त्यसमा रहेका मानवीय तथा भौतिक क्षतिलाई कम गर्न र दुर्घटनामा परेकाको तत्काल कसरी उपचार गर्ने भनी योजना बनाएर अगाडि बढ्न यो सेमिनारको मुख्य उद्देश्य रहेको उड्डयन प्राधिकरण सिमरा शाखाका प्रमुख हिराजन काफ्लेले बताए । 

जिल्लामा आपत्कालको समयमा परिचालन गर्न बनाइएको सुरक्षा युनिटमा विमान स्थलको सुरक्षालाई पनि समावेश गर्ने गरी यस सेमिनारमा सिमरा विमानस्थलसँग सरोकार राख्ने बारा र पर्साका प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुखहरुको सहभागिता रहेको छ । 

सम्बन्धित समाचार

विमानस्थल सुदृढीकरण र पूर्वाधार विकासमा नागरिक उड्डयन प्राधिकरण

काठमाडौँ । मुलुकको हवाई यातायात सेवालाई सहज र प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थल सुदृढीकरणसँगै पूर्वाधार विकासलाई तीव्रता दिएको छ । भौगोलिक अवस्थितिअनुरुप क्यानले विमानस्थल निर्माण,

सञ्चार उपकरणमा समस्या आएपछि अन्तर्राष्ट्रिय विमानस्थल दुई घण्टा प्रभावित

काठमाडौँ । सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान करीब दुई घण्टा प्रभावित भएको छ । विमानस्थलको सञ्चार प्रणाली भिडियो हाई फ्रिक्वेन्सी (भिएचएफ) मा समस्या आएपछि उडानमा समस्या अएको विमानस्थलका

त्रिभुवन विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार

गौतमबुद्ध विमानस्थलको निर्माण ६० प्रतिशत, साउनदेखि अन्तर्राष्ट्रिय उडान भर्ने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध विमानस्थल निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको छ । बाँकी रहेको ४० प्रतिशत काम सम्पन्न गरी आगामी साउनको दोस्रो सातादेखि अन्तर्राष्ट्रिय उडान


z