• २०८१ बैशाख ७ शुक्रबार

विमानस्थलमा आकस्मिक दुर्घटना भए के गर्ने ? सिमरामा सुरु भयो हवाइसुरक्षा गोष्ठी

kharibot

बारा । नेपाल नागरिक उड्डयन प्राधिकरण हवाइ सुरक्षा विभागको आयोजनामा विमानस्थल आकस्मिक योजनासम्बन्धी दुई दिने सेमिनार बाराको सिमरामा सुरु भएको छ । 

विमानस्थलमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरण र सतर्कताका लागि सरोकारवालाहरुलाई प्रशिक्षण प्रदान गर्न यस कार्यक्रमको आयोजना गरिएको हो ।

विमानस्थलमा हामीले आँकलन गरेका सबै खालमा आकस्मिकताहरुलाई पहिचान गर्नका लागि हरेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुमा आकस्मिक योजना बनाइन्छ र त्यसलाई १३ वटा अवस्थामा वर्गीकरण गरेर ५ नम्बरका थ्रेट अर्थात् जहाजमा बम भएमा के हुन्छ र त्यहाँ कुन–कुन संस्थाले के–के जिम्मेवारी पूरा गर्न सक्छ भन्ने बारेमा सरोकारवालाहरुहरुलाई जानकारी दिन यस कार्यक्रमको आयोजन गरिएको नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक विक्रमराज गौतमले जानकारी दिए ।

विमानस्थलमा आकस्मिक रुपमा आएका दुर्घटनालाई नियन्त्रण गरी त्यसमा रहेका मानवीय तथा भौतिक क्षतिलाई कम गर्न र दुर्घटनामा परेकाको तत्काल कसरी उपचार गर्ने भनी योजना बनाएर अगाडि बढ्न यो सेमिनारको मुख्य उद्देश्य रहेको उड्डयन प्राधिकरण सिमरा शाखाका प्रमुख हिराजन काफ्लेले बताए । 

जिल्लामा आपत्कालको समयमा परिचालन गर्न बनाइएको सुरक्षा युनिटमा विमान स्थलको सुरक्षालाई पनि समावेश गर्ने गरी यस सेमिनारमा सिमरा विमानस्थलसँग सरोकार राख्ने बारा र पर्साका प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुखहरुको सहभागिता रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै