काठमाडौँ। स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ। गएराती भएको खेलमा बार्सिलोना भलेन्सियासँग १-१ गोलले बराबरी रोकिएको हो।
बार्सिलोनाका लागि लियोनेल मेसीले गोल गरेका थिए भने भलेन्सियाका लागि इजेक्वेल गेरीले गोल गरेका थिए। गेरीले खेलको दोस्रो मिनेटमै गोल गरेर बार्सिलोनालाई सुरुमै दबाब बनाएका थिए। त्यसपछि खेलको २३औ मिनेटमा मेसीले गोल गर्दै खेल बराबरी गरेका थिए। बार्सिलोनाले यस खेलमा खेलको ७८ सेकेन्डमा गोल खादै सन् २०११ मा रिली म्याड्रिडका क्रिम बेन्जमाबाट खेल सुरु भएको २१ सेकेन्डमा गोल खाएपछि दोस्रो पटक छिटो गोल खाएको छ।
यस साता ला लिगामा रियल म्याड्रिडको हार र बार्सिलोनाको बराबरीपछि सेभिलाले यसको फाइदा उठाउदै लिगको शिर्ष स्थानमा उक्लिएको छ। सेभिलाको ८ खेलमा १६ अंक छ भने बार्सिलोना ८ खेलमा १५ अंक सहित दोस्रो स्थानमा रहेको छ भने १५ अंक नै रहेको एथलेटिको म्याड्रिड गोल अन्तरका आधारमा तेस्रो स्थानमा रहेको छ। त्यस्तै रियल म्याड्रिड ८ खेलमा १४ अंकसहित लिगको चौथो स्थानमा रहेको छ।
बार्सिलोनाले अब अर्को खेल अक्टोबर २० मा लिगको शिर्ष स्थानमा रहेको सेभिलासँग खेल्ने छ।