• २०८१ बैशाख ८ शनिबार

अनेसासको पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अष्ट्रेलियामा सम्पन्न

kharibot

अष्ट्रेलिया (पर्थ) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन पश्चिम अस्ट्रेलियाको पर्थमा नेपालका बरिष्ठ साहित्यकार तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । 

यहि सेप्टेम्बर ९ देखि १० सम्म उत्तरी पर्थको द म्याकेडेनीएन कम्युनीटिसेन्टरमा आयोजना भएको दुई दिने सम्मेलन अनेसास, पर्थको आयोजनामा सम्पन्न भएको थियो । 

संसार भरिका बिभिन्न देशहरुमा रहेका अनेसासका झन्डै दुई दर्जनच्याप्टरहरुबाट सहभागीता रहेको सो सम्मेलनमा , अनेसास केन्द्रिय अध्यक्ष्य पदम बिश्वकर्मा, एनआरएन ग्लोबलका उपाधक्ष्य भबन भट्ट , अनेसास केन्द्रका सल्लाहकार मोहन सिटौला,  नेपालका वरिष्ठ निबन्धकार युवराज नयाँघरे, चर्चित साहित्यकार एलबि क्षेत्री , अनेसासकेन्द्रका उपाध्यक्ष्य राधेश्याम लेकाली, नेपाली समकालीन कबितामाप्रखर कवि सन्ध्या पहाडीलगायत विश्वका बिभिन्न भु- भागमा बसो बास गर्ने नेपाली साहित्यकार तथा साहित्यप्रेमीहरुको अपूर्व जमघट रहेको थियो । 

नेपालको र अस्ट्रेलियाको रास्ट्रिय गानबाट शुरु भएको उद्घाटन सत्रमा अनेसास पर्थ च्याप्टरका अधक्ष्य गणेश घिमिरेको गजल संग्रह “ यादहरुको पहाड , पर्थकै राजेश बुढाथोकीको कविता संग्रह “ जलिरहेकोदेश “, अनेसास केन्द्रका बरिस्ठ उपाध्यक्ष राधेश्याम लेकालीको निबन्ध संग्रह “ नाथे भात “ ,अनेसास केन्द्रको प्रकाशन “ अन्तरदृस्टी “ , नेपालका साहित्यकार लकास पौडेलको छंद कविता संग्रह “ बिनियोग “, अनेसासकेन्द्रका क्षेत्रीय उपाध्यक्ष्य भीमसेन सापकोटाको अडियो बुक “सफलजीवनका सूत्रहरु “ नेपालकी साहित्यकार तथा गीतकार बाबा बस्नेतको गिती संग्रह “ बिहानी “ को प्रमुख अतिथी तथा अतिथीहरुबाट लोकार्पण भएको थियो । 

सो कार्यक्रममा अनेसास हिरोको अवार्ड अनेसास केन्द्रका बरिस्ठ उपाध्यक्ष्य राधेश्याम लेकाली, अनेसासका पूर्व उपाध्यक्ष राम खत्री र पूर्व सल्लाहाकार बिमल नेपाललाई प्रदान गरिएको थियो । त्यस्तै “अनेसास राम लामा” पुरस्कार अनेसासका संस्थापक अधक्ष्य होमनाथ सुबेदिलाई डायस्पोरिक साहित्यमा लामो समयदेखि योगदान गरे बापत सम्मान स्वरूप प्रदान गरियो । 

एनआरएन उपाधक्ष्य भबन भट्टले महिला साहित्यकारहरुलाई प्रोत्साहन गर्नको लागि हरेक बर्ष प्रदान गर्ने गरि एउटा पुरस्कार स्थापना गर्दै अनेसाससंग एकसम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै एनआरएन ग्लोबल उपाधक्ष्य भबन भट्टले आगामी दिनमा अनेसास र एनआरएनको बिश्वब्यापी संजाल संगसंगै काम गर्न आफू तयार रहेको भन्दै अनेसासको नेपाली भाषा र साहित्यलाई सम्बर्धन गर्ने अभियानमा एनआरएनको सदैब साथ र सहयोग गर्ने प्रतिबद्दता प्रकट गरे ।
 

कार्यक्रमका प्रमुख आकर्षण वरिष्ठ साहित्यकार तुलसी दिवसले हरेक लेखकमा इमान्दारिता हुनु पर्ने बताउदैं प्रवासमा रहेका लेखक तथा साहित्यकारहरुले पनि आफ्नो लेखनमा इमान्दारिता देखाउन आग्रह गरे  साथै बरिस्ठ साहित्यकार दिवसले अनेसासले प्रवासमा रहेका साहित्यप्रेमीहरुको कलम तिखार्न पुरयाएको योगदानको प्रशंशा गरे । उद्घाटन सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती , अनेसास केन्द्रका संस्थापक अध्यक्ष्य तथा सल्लाहकार होमनाथ सुबेदी तथा अनेसास ट्रस्टका अध्यक्ष्य श्याम कार्कीको शुभकामना मन्तब्य पढिएको थियो भने अतिथीहरु राधेश्याम लेकाली , युवराज नयाँ घरे , मोहन सिटौला लगायतले शुभकामना सहित सम्बोधन गरेका थिए । 

कार्यक्रमलाई अनेसास पर्थका सदस्य तथा संचाकर्मी कमल सिलवाल तथा मेलबोर्नमा रहेका संचारकर्मी बासुदेव मरहट्ठा ले संयुक्त रुपमा संचालन गरेका थिए । 

दोश्रो दिनको कार्यक्रमको शुरुवात अनेसासका क्षेत्रीय उपाध्यक्ष्य भीमसेन सापकोटाको सकारात्मक सोचको सेसन सहित शुरुवात भएको थियो । अनेसास , एन एस डब्ल्यु , अस्ट्रेलियाकी अधक्ष्य सानु घिमिरेले “ अस्ट्रेलियाली नेपाली साहित्यको विकास , विस्तार र यसमा अनेसासको योगदान “ बिषयमा कार्यपत्र प्रस्तु गरेकी थिईन् जसमा राजु मानन्धर , डा रेनुका सोलु, भीमसेन सापकोटा लगायत अन्य सहभागीहरुले टिप्पणी गरेका थिए । त्यस्तै डा लक्षमण गौतमले “ वर्तमान साहित्यको मूल प्रवाहमा डायस्पोरा साहित्य “ बिषयमा मुख्य कार्यपत्र पेश गरेका थिए जसमाथि तुलसी दिवस , युवराज नयाँघरे , मोहन सिटौला लगायत अन्यसहभागीहरुले टिप्पणी गरेका थिए ।

सोहि दिनको अपरान्हमा शुरु भएको “ रचना वाचन सेसन “ पांच घण्टा सम्म चलेको थियो जसमा सम्मेलनका सहभागीहरुले आ आफ्नो रचना वाचन गरेका थिए । कार्यक्रमको अन्तिम सत्रमा सम्मेलनका संयोजक गणेश घिमिरेले धन्यबाद ज्ञापन गरेका थिए भने अनेसास केन्द्रका कोषाधक्ष्य शान्तिराम ढकालले आफू अधक्ष्य रहेको सम्मेलन घोषणा पत्र समुहको तर्फबाट पांच बुदे पर्थ सम्मेलन घोषणा पत्र प्रस्तुत गरेका थिए। सम्मेलनको सभापतित्व गरेका अनेसास केन्द्रका अधक्ष्य पदम बिश्वकर्मा ले अनेसास नेपाली डायास्पोरिक साहित्यको उत्थानमा सधै क्रियाशील रहने बताउदै आयोजक पर्थ च्याप्टरलाई धन्यबाद दिदै सम्मेलन समापन भएको घोषणा गरे ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै