• २०८१ बैशाख ४ मंगलबार

प्रिमियर लिगमा सिटी, लिभरपुल र चेल्सीको टक्कर, तिनै टिमको समान २० अंक

kharibot

काठमाडौँ। इङलिश प्रिमियर लिगमा ८ खेल सकिदा शिर्ष स्थानमा तीन क्लबको अंक बराबर भएको छ।  

गएराती भएका खेलमा म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बिनाक उनी गोल बराबरीमा सकिएपछि दुवैले अंक बाडेका थिए भने चेल्सीले साउथहम्पटनलाई ३-० गोल अन्तरले पराजित गरेको थियो।

चेल्सीको जितमा इडेन हजार्ड, रोज बार्कली र अल्भारो मोराटाले एक एक गोल गरेका थिए। 

चेल्सीको जित पछि ८ खेलमा २० अंक भएको छ भने सिटी र लिभरपुलले एक एक अंक बाडेपछि दुवै क्लबको अंक ८ खेलमा २०-२० भएको छ।  गोल अन्तरका आधारमा सिटी शिर्ष स्थानमा रहेको छ भने चेल्सी दोस्रो तथा लिभरपुल तेस्रो स्थानमा रहेको छ। त्यस्तै आर्सनल र टोटनह्याम १८-१८ अंक सहित चौथो र पाचौ स्थानमा रहेका छन्। 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै