• २०८१ बैशाख ८ शनिबार

पिएसजीको जितमा एम्बाप्पेको ४ गोल, बनाए यस्तो रेकर्ड 

kharibot

काठमाडौँ। फ्रेन्च लिग वानमा पिएसजीले लगातार नवौ खेलमा जित हासिल गरेको छ।  गएराती भएको खेलमा पिएसजीले लियोनलाई ५-० गोल अन्तरले पराजित गरेको हो। 

पिएसजीको जितमा किलियन एम्बाप्पेले ४ गोल गरेका थिए भने एक गोल नेइमारले गरेका थिए। पहिलो हाफमा १-० ले अगाडी रहेको पिएसजीका लागि दोस्रो हाफमा एम्बाप्पेले ४ गोल गरेका थिए। एम्बाप्पेले ४ गोल १३ मिनेटको अन्तरमा गरेका थिए भने उनले ८ मिनेटभित्र आफ्नो ह्याट्रिक पुरा गरेका थिए । 

एम्बाप्पे पछिल्लो ४५ सिजनमा सबैभन्दा कम समयमा ४ गोल गर्ने पहिलो खेलाडी बनेका छन्। 

लिगमा पिएसजीको ९ खेलमा २७ अंक भएको छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै