• २०८१ बैशाख ८ शनिबार

सिमरा विमानस्थलमा हवाइ सुरक्षा अभ्यास 

kharibot

बारा । सिमरा बिमानस्थलमा आकस्मिक रुपमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण हवाइ सुरक्षा विभागको आयोजनामा सोमबार सिमरा विमानस्थलमा यस्तो अभ्यास गरिएको हो । 

कुनै पनि आपत्कालीन अवस्थामा सबै निकायहरुले तत्परताका साथ आफ्नो काम गर्न सकून् र भवितव्यमा हुने घटनाहरुमा न्यूनतम जनधनको क्षति होस् भन्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरेको नागरिक उड्डयन प्राधिकरणका निर्देशक शिशिर चित्रकारले बताए । 

दुर्घटना जानकरी दिएर नआउने र दुर्घटना हुन नदिन सधैँ तयारी अवस्थामा बस्नुपर्ने कुरालाई यस अभ्यासले सिकाएको बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले बताए ।

उनले विमानस्थलमा आकस्मिक रुपमा हुने दुर्घटना हुनै नदिने यदि भइहाले पनि त्यसबाट क्षति कम गर्ने अभ्यास गर्नुपर्छ र त्यही अभ्यासका लागि यो प्रशिक्षणको आयोजना गरिएको उनको भनाइ छ । भट्टराईले यस अभ्यासबाट विमानस्थलका साथै समग्र जिल्लाकै सुरक्षामा सहयोग पुग्ने विश्वास राखेको समेत जानकारी गराए । 

जिल्लामा आपत्कालको समयमा परिचालन गर्न बनाइएको सुरक्षा युनिटमा विमानस्थलको सुरक्षालाई पनि समावेश गर्ने गरी यस अभ्यासमा सिमरा विमानस्थलसँग सरोकार राख्ने बारा र पर्साका प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुख, स्वास्थ्य प्रमुखहरुको सहभागिता रहेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै