ग्याजेट्सका कारण बालबालिकामा बढ्दै छन् यस्ता समस्या 

खरीबोट
ad

काठमाडौं । अहिलेको यो प्रविधिको युगमा बालबालिकाहरूले बोल्न सिक्नुभन्दा अगाडि नै स्मार्टफोन चलाउन जानिसकेका हुन्छन् । सानो उमेरमा नै स्मार्टफोन र ग्याजेट्स प्रयोग गर्नाले बालबालिकाको मनोविज्ञानमा यसले नराम्रो असर पार्दछ ।

एक शोधका अनुसार अहिलेका बालबालिकाको प्रविधिलाई सम्झिने क्षमता तीव्र गतिमा बढिरहेको छ । बालबालिकाहरू अचेल सानो उमेरमा नै ग्याजेट्स चलाउने, गेम खेल्ने, गीत अथवा भिडियो प्ले गर्ने जस्ता कार्य सजिलै गर्न सक्छन् । तर, यसले बालबालिकाको मनोविज्ञानमा नराम्रो प्रभाव पारिरहेको छ । 

विशेषतः स्मार्टफोन र इन्टरनेटले बालबालिकाको अरुसँग बोल्ने, मेलमिलाप गर्ने, हाँस्ने, खेल्ने, रमाउने क्षमता र भावुकताको विकासलाई प्रभावित बनाइरहेको छ । अभिभावकहरु भने यसले बालबालिकालाई स्मार्ट बनाएको भन्ने सोचेर दङ्ग परिरहेका छन् । 

स्मार्टफोन र ग्याजेट्सको प्रयोग गर्ने बालबालिका स्मार्ट त बनिरहेका छन्, तर उनीहरूको अभिभावकसँग दूरी बढिरहेको छ । बालबालिकाले आमाबुबाको प्रत्यक्ष निगरानीमा जेजति सिक्न सक्छन्, अरु माध्यमबाट सिकेको कुराको सायदै त्यति प्रभाव रहला । स्मार्टफोनको प्रयोगले उनीहरूलाई समाजबाट टाढा पु¥याइरहेको छ र मानवता, दया, करुणा आदि भाव उनीहरूमा हराउँदै गएको छ । 

विद्यालयमा पनि प्राविधिक शिक्षण गरिने भएकाले यसले पनि बालबालिकालाई प्रविधितर्फ लाग्न अझै प्रेरित गरिरहेको छ । 

एक शोधका अनुसार १० वर्षभन्दा माथिका बालबालिकाले ५० देखि ६० प्रतिशत समय स्क्रीनको अगाडि बिताउने गरेका छन् । अहिलेको यो स्मार्टको युगमा हामीलाई जताततै स्क्रीनले घेरिरहेको छ । बालबालिकाहरू कार्टुन हेर्न, गेम खेल्न र बालबालिकालाई लक्षित गरी बनाइएका भिडियो हेर्न पाएपछि त्यसैमा झुम्मिरहन्छन् ।

यस्तो अवस्थामा फिल्म हेर्नु, ल्यापटप, ट्याबलेट र स्मार्टफोनको प्रयोग गर्नु बालबालिकाको आँखालाई पनि निकै हानिकारक छ । यसले गर्दा बालबालिका बगैंचामा भन्दा घरको कुनै एक कुनामा सीमित भइरहेका छन् । त्यस्तै, उनीहरूको खेलौनासँग रमाउने, समूहमा फुटबल, क्रिकेट आदि खेल्ने प्रवृत्ति बिस्तारै घट्दै गएको छ । 

मोबाइल, ल्यापटप, ट्याब्लेटजस्ता डिभाइसबाट निस्किने आवाज र किरणले मस्तिष्कमा गहिरो असर पार्छ । डिभाइसबाट निस्किने आवाज र किरणप्रति बालबालिका प्राकृतिक आवाज र किरणको तुलनामा बढी आकर्षित हुन्छन् । यी डिभाइसका कारण दिमागमा उत्पन्न हुने कतिपय सेल्स बिस्तारै नष्ट हुन थाल्छन् ।

र, ती सेल्स फेरि उत्पन्न हुन नसक्ने भएकाले यसले बालबालिकामा मानसिक विकार पनि देखिन सक्छ । यसले बालबालिकामा मस्तिष्कसम्बन्धी धेरै किसिमका रोग लाग्न सक्छ । 

यस्ता डिभाइस प्रयोग गर्ने बालबालिकामा कुनै पनि कुरामा ध्यान दिन नसक्ने, मस्तिष्क एकाग्र नहुने, कण्ठस्थ गरेको कुरा छिटै भुल्ने, सहीगलत छुट्याउन नसक्ने, झर्कोफर्को गर्नेे, अरुको कुरालाई ठीकसँग सम्झिन नसक्ने, जिद्दी र क्रुर स्वभावको हुने जस्ता समस्या देखिन सक्छ ।

यस्ता समस्याले बालबालिकाको भविष्य नै अन्धकार हुन सक्ने भएकाले बालबालिकालाई सकेसम्म ल्यापटप, मोबाइल, ट्याब्लेटजस्ता ग्याजेट्सबाट टाढा राख्नु नै उनीहरूको मानसिक स्वास्थ्यको लागि लाभदायी हुन्छ । 

त्यसैले बालबालिकालाई यस्ता ग्याजेट्सबाट टाढा राख्न साँझबिहान बगैंचामा खेल्न लैजाने, हप्तामा एकपटक प्राकृतिक सुन्दरताले युक्त स्थानमा घुम्न लैजाने, कुनै कलासम्बन्धी क्षेत्र जस्तै, सङ्गीत, चित्रकला, नृत्य, साहित्य आदिमा लाग्न प्रेरित गर्ने, बाल साहित्यका पत्रपत्रिका र पुस्तक नियमित ल्याएर पढ्न प्रेरित गर्ने जस्ता उपाय अपनाउन सकिन्छ । यस्ता उपायले बालबालिकाको सिप र क्षमतामा अभिवृद्धि गरी उनीहरूको व्यक्तित्व विकासमा पनि सहयोग गर्छ । 
 

सम्बन्धित समाचार

पर्वतका किसानले हाइटेक प्रविधिको प्रयोग गरी कमाए तेब्बर बढी आम्दानी

पर्वत । पर्वतको जलजला गाउँपालिका–८ का राजन सापकोटाले छ वर्षअघिसम्म खुला आकाशमुनि तरकारी लगाउंथे । वर्षभरि दुःख गर्दा पनि श्रमअनुसारको आम्दानी लिन नसक्दा निराश भएका उनी जिल्ला कृषि विकास कार्यालयले आयोजना

व्यवसायिक कल निगरानीका लागि ‘कल सेवा’

काठमाडौं। व्यवसायिक फोनको दूरुपयोगको आवाजहरु आइरहेको  बेला  सूचना प्रबिधी सम्वन्धी काम गर्दै आएको कम्पनी एभरेस्ट कास्ट प्रा. लि. ले  व्यावसायिक कम्पनीलाई लक्षित गर्दै नेपालमै पहिलोपटक बिजिनेसकल ट्र्याकिङ्ग सिस्टम ‘कल सेवा’

पोर्न साइटमाथि प्रतिबन्ध लगाउन प्राधिकरणलाई सरकारको निर्देशन 

काठमाडौं । सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । मन्त्रालयले

 मुलुकी अपराध संहिता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका बारे सुझाव दिन कार्यदल गठन 

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा सुझाव दिन १५ सदस्यीय कार्यदल गठन गरेको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद


z