• २०८१ बैशाख १२ बुधबार

यस्तो बन्दै छ दशरथ रंगशाला (फोटो फिचर)

kharibot

काठमाडौं । २०७२ सालको भूकम्पले भत्किएको देशको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालाको पुनर्निर्माणको कामले तीव्रता पाएको छ ।

खरीबोटसँग कुरा गर्दै रंगशाला पुनर्निर्माणमा खटिएका प्रोजेक्ट म्यानेजर वीरबल राईले आगामी माघ मसान्तसम्ममा पुनर्निर्माणको काम सकिने बताएका छन् । ‘माघ मसान्तसम्म निर्माणका सम्पूर्ण काम सकेर खेलकुद परिषद्लाई हस्तान्तरण गर्छौँ’, उनले भने ।

तोकिएकै समयमै काम सक्ने गरी बिहान ६ बजेदेखि साँझ आँखा देखिन्जेलसम्म काममा खटिएको राईले बताए । आफ्नो खटाई समयसीमाभन्दा अगाडि नै काम सक्ने गरी भएको उनको दाबी छ । वैशाखबाट १० महिनामा काम सक्ने गरी जिम्मा लिएको बताउँदै राईले तोकिएको समयसीमाभन्दा अघि नै काम सक्ने विश्वास व्यक्त गरे ।

रेट्रोफिटिङ, प्याराफिट, रंगरोगनलगायतका कार्यको जिम्मा आफूले लिएको उनले जानकारी दिए । राईको अनुसार दर्शक बस्ने स्थानमध्ये नयाँ थपिएको चार हजार सिट र पुरानो गरेर १६ हजार सिट दर्शकको लागि छुट्याइएको छ ।

‘वैशाख, जेठमा १९औँ साग गेम हुने कुरा भएको छ, जसले गर्दा पनि समयमा नै निर्माण कार्य सक्न कम्मर कसेका छौँ’, उनले भने । २० करोड रुपैयाँमा रंगशाला निर्माणको जिम्मा लिएको उनले खरीबोटलाई जानकारी दिए ।

फोटोफिचर : 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै