• २०८१ बैशाख ८ शनिबार

एसिड आक्रमणका पीडित भन्छन् :  हामी डराई डराई कति दिन बाँच्ने सरकार ?

kharibot

हेटौँडा। एसिड आक्रमणबाट शिकार भई बल्लतल्ल ज्यान जोगाउन सकेका पीडितहरु अझै डरत्रासमानै जीवन जीउन वाध्य भएको खुलासा भएको छ । न्युज क्लब नेपाल, मकवानपुरमा भएको अन्तरसंवाद कार्यक्रमा बोल्दै एसिड आक्रमणबाट पीडित भएकाहरुले उक्त खुलासा गरेका हुन् ।

कार्यक्रममा बोल्दै गत २०७२ साल फागुन २१ मा काठमाण्डौँको बसन्तपुरमा एसिड आक्रमण घाईते भएकी र ज्यान जोगाउन सफल भएकी संगिता मगर तथा सिमा बस्नेतले आफुहरु अझैपनि त्रसित भएर बाँच्नु परेको पीडा ब्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै मगरले भनिन् “हामीलाई आक्रमण गर्ने जीवन विकले जेलबाट निस्केपछि फेरिपनि आक्रमण गर्ने चेतावनी दिएको छ, परिवालाई समेत मार्ने धम्की दिएको छ ।” तर पनि आफुहरु निरिह बनेर अझै त्रासपूर्ण जीवन जिउनुको विकल्प रहेन् ।

राज्यले एसिड आक्रमणकारीलाई सके फाँसि नत्रभने जन्मकैदको ब्यवस्था गर्नुपर्ने भन्दै उनले आक्रमणकारी जेलबाट बाहिरीएछि आफुहरुको सुरक्षाको खतरा रहेको समेत उल्लेख गरिन् ।

कार्यक्रममा बोल्दै सोहि घटनामा एसिड आक्रमणमा परेकी बस्नेतले दोषी विकलाई हालसम्म कुनै पश्चताप नभएको भन्दै जेलबाट निस्केपछि थप आक्रमण गर्नसक्ने शंका ब्यक्त गरिन् । उनले भनिन“विकले जेलबाट निस्केपछि म को हुँ भनेर देखाईदिन्छु भनेको छ, हामी अझै कति दिन डरले बाँच्ने, के हामी यो समाजमा बाँच्न समेत नहुने हो ?” यसो भन्दा उनको आँखामा आँसु समेत झरेको थियो ।

कार्यक्रममा बोल्दै साढे पाँच वर्ष अघि एसिड आक्रमणबाट पीडित बनेकी विन्दावासिनी कंसाकारले सरकारले एसिड आक्रमणकारीलाई जन्मकैदको ब्यवस्था हुनुपर्ने बताईन् । २०६९ साल बैशाख ९ गते एसिड आक्रमणमा परेकी कंसाकारले आफुहरुलाई स्थानीय प्रशासन तथा प्रहरीले समेत सहयोग नगरेको बताईन् ।

प्रहरीलाई उक्त आक्रमणकारी रहेको स्थान थाहा हुँदा समेत भारत भएको कारण पक्राउ गर्न नमिल्ने भन्दै पन्छीने गरेको भन्दै उनले प्रहरी प्रशासनबाट सहयोग हुन्छ भन्ने आश मरिसकेको समेत बताईन् । नेपालमा एसिड आक्रमणबाट धेरै पीडित रहेको भन्दै उनले आफुहरु आफुजस्तै पीडितहरुको पक्षमा बोल्नेगरि एक सस्थाको स्थापना गर्न लागेको समेत उनको भनाई रहेको थियो ।

एसिड आक्रमण जघन्य अपराध भएको भन्दै उनले सरकारले कडाभन्दा कानुन ल्याएर आफुहरुको पीडामा मलम लगाउन सहयोग गरोस भन्ने चाहाना समेत रहेको उनीहरुको भनाई रहेको छ ।  एसिड आक्रमणबाट पीडितहरुनै अझै त्रासपूर्ण जीवन जिउन पर्ने अवस्थाको सृजना हुनु सरकारको लागि निकै लज्जाको विषय रहेको भन्दै उनीहरुले न्यायको निमित्त सरकारसँग माग समेत गरेका छन् ।

एसिड आक्रमणबाट घाईतेहरुको नियमित स्वास्थ्य परिक्षणको लागि मासिक लाखौ खर्च हुने भन्दै उनीहरुले सरकारसँग निशुल्क उपचारको लागि समेत माग गरेका छन् । एसिडबाट पिडा त छदैछ, उपाचारको लागि समेत आर्थिक समस्याले थप पीडा बढाएको भन्दै उनीहरुले राज्यले आफुहरुको पीडालाई कहिल्यै बुझन नसकेको भन्दै दुख ब्यक्त गरे ।  कार्यक्रम न्युज क्लब नेपालका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै