• २०८१ बैशाख ७ शुक्रबार

टि-२० विश्वकप छनौटमा नेपाल आज भुटानविरुद्ध खेल्दै 

kharibot

काठमाडौँ।  मलेसियामा जारि आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले आज चौथो खेलमा भूटानसँग प्रतिस्पर्धा गर्नेछ । 

यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रिदै छ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा मङ्गलबार बिहान शुरु हुनेछ । 

प्रतियोगिता अन्तर्गत नेपालले खेलेको ३ वटै खेलमा म्यानमार, मलेसिया र थाईल्याण्डलाई पराजित गर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ। यता भुटानले खेलेको ३ खेल मध्ये १ खेलमा जित र २ खेलमा हार बेहोरेको छ। अंकतालिकामा भुटान पाँचौ स्थानमा रहेको छ।

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् । 

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोली बीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । 

अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र तीमध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् । 

नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी तथा वैकल्पिक खेलाडीमा सुनील धमला, सहाब अलाम, दीपेश श्रेष्ठ र सागर पुन रहेका छन् । 

नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगत टमाटा, फिजियोमा दिनेश भट्ट, व्यवस्थापकमा रमन शिवाकोटी हुनुहुन्छ । छनोट प्रतियोगिताअन्तर्गत नेपालले २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ । 

हेड टु हेड ::

भुटान राष्ट्रिय क्रिकेट टिमसँग नेपालले हालसम्म ५ पटक प्रतिस्पर्धा गरेको छ जसमा बर्षाको कारण रद्द भएको एक खेल बाहेक सबैमा नेपालले सहजै जित हासिल गरेको छ। जसमा सन् २००३ एसीसी इमर्जिङ्ग टिम्स कप, एसीसी ट्रफी २००४, एसीसी ट्रफी २००४ को प्लेअफ, एसीसी ट्रफी २००६ मा नेपालले भुटानमाथि जित हासिल गरेको थियो।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै