• २०८१ बैशाख १२ बुधबार

अमेरिकाले भ्रामक गतिविधि रोक्नुपर्छ : चीन

kharibot

बेइजिङ। एसियाली शक्तिराष्ट्रको घरेलु तथा अन्तराष्ट्रिय नीतिलाई लिएर अमेरिकी पक्षबाट लगाइएको आरोपलाई लिएर एसिया भ्रमणको शिलशिलामा चीन पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच सोमबार तातो बहस भएको छ । 

उत्तर कोरियाली आणविक निशस्त्रीकरणको बिषयलाई लिएर एसिया भ्रमणको अन्तिम दिन चीन आएका अमेरिकी कुटनीतिज्ञ पोम्पेओ र चिनियाँ विदेशमन्त्री यीले भेटमा उक्त विवादबारे परस्पर विभाजित धारणा राखेका छन् । 

“अमेरिका र चीनबीच एक अर्काले आयात गर्ने सामानमाथि अबौँ डलर बराबरको कर बढाउने निर्णयपछि अमेरिकाले व्यापार विवादबारे भ्रामक धारणालाई प्रचारमा ल्याएको छ जुन विल्कुल गलत हो,” चिनियाँ सञ्चारमाध्यमले दियायुताई गेष्ट हाउसमा भएको भेटमा विदेशमन्त्री वाङले पोम्पेओसँग राखेका विचारलाई उद्धृत गरेका छन् । 

अमेरिकाले स्वशासित प्रजातान्त्रिक उपद्वीप ताइवानमा चीनविरोधी ‘श्रृङ्खलापूर्ण गतिविधि सञ्चालन गरेका’ आरोप चिनियाँ विदेशमन्त्रीले लगाए । ताइवानलाई चीनले आफ्नो विद्रोही प्रान्तका रूपमा लिँदै आएको छ । अमेरिकी गतिविधिले चीनको सार्वभौमसत्तामाथि आघात पुगेको उनले आरोप लगाए  । 

यी गतिविधिले दुवै पक्षका आपसी विश्वासमाथि प्रभाव पारेको र यसले चीन–अमेरिकाबीचको सम्बन्धलाई छाँयामा पारेको र यो हाम्रा दुई देशका जनताको चासो विपरित भएको वाङको भनाई थियो । 

केही दिनपहिले अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चीनलाई सैन्य उत्तेजना फैलाएको, व्यावसायिक चोरी गरेको, मानव अधिकार उल्लङ्घनका घटनामा बढोत्तरी गराएको र अमेरिकी निर्वाचनमा ट्रम्पविरुद्ध हस्तक्षेप गरेको लगायतका आरोप लगाएका कारण पनि चीन अमेरिकासँग खुशी छैन । 

चीनद्वारा लिएका गतिविधिप्रति अमेरिकाको बृहद् असन्तुष्टि रहेको पोम्पेओको दावी 

प्रतिक्रियामा अमेरिकी विदेशमन्त्री पोम्पेओले छलफलका लागि आफु चीनमा नै आउन चाहेको बताएका थिए । 

“तपाईले सङ्केत गरेका बिषयमा अमेरिकी सरकारको फरक विचार छ, ” पोम्पेओले वाङलाई भने । हामीले चीनद्वारा लिएका गतिविधिप्रति हाम्रो बृहद् असन्तुष्टि रहेको छ । हरेक बिषयमा छलफल गर्ने अवसर भएमा बिषयलाई छर्लङ्ग पार्न सकिन्छ भन्ने मेरो धारणा छ, पोम्पेओले भने । 

पोम्पेओले अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिससँग यसै महिना बेइजिङमा हुनेगरी तय भएको बैठक रद्द भएकोबारे पनि चासो व्यक्त गरे । “मलाई दुख लगेको छ कि दुई मुलुकबीच हुने रणनीतिक महत्वको राख्ने छलफलको मार्गलाई चीनले रोक्नु मेरो विचारमा ठीक कदम थिएन ।” 

तर रक्षामन्त्रीस्तरीय वार्ता चीनका कारण नरोकिएको वाङले दावी गर्नुभयो । उहाँले आफुले रक्षामन्त्री स्तरीय वार्ता बारे भनेको कुरा नै सत्य भएको जिकिर गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै