भारतीय टेलिभिजनका 'संस्कारी बाबु' आलोकनाथलाई लाग्यो बलात्कारको आरोप 

खरीबोट
ad

मुम्बई। यौन शोषणको मिटू क्याम्पियन अन्तर्गत बलिवुडमा एक पछि अर्को खुलासा भइरहेका बेला भारतका चर्चित टेलिभजन अभिनेता तथा 'संस्कारी बाबु' उपनामले चिनिने आलोकनाथमाथि बलात्कारको  आरोप लागेको छ।  

आलोकनाथलाई ८०-९० को दशककी चर्चित टेलिभिजन लेखिका तथा निर्देशक विन्टा नन्दाले बलात्कारको आरोप लगाएकी छन्। नन्दाले २० बर्ष अगाडीको घटना अहिले सार्वजनिक गर्न आफुमा बल्ल आँट आएको उल्लेख गरेकी छन्।    

नन्दाले फेसबुकमा लामो स्ट्याटस लेख्दै आलोक नाथको नाम सिधै नलेखेपनि 'संस्कारी' को उपनाम पाएका अभिनेताले आफुलाई बलात्कार गरेको उल्लेख गरेकी छन्।

आफूमाथि लागेको आरोप बारे आलोकनाथले प्रतिक्रिया दिदै अहिलेको जमानामा महिलाएल एक पुरुषलाई यस्तो आरोप लगाउदा पुरुषले बोल्ने धेरै कुरा नहुने बताएका छन्।  उनले यस बारेआमा आफुले अहिले नै केहि नबताउने तर समय क्रममा आफुले यस बारेमा आफ्नो धारणा बाहिर ल्याउने बताएका छन्। 

बलिवुडमा हरेक दिन एक पछि अर्को यौन शोषण र उत्पीडनका घटना बाहिर आइरहेका छन्। हालै लेखक चेतन भगतलाई यौन उत्पीडनको आरोप लागेको छ।ह्वाट्सएपमा चेतनले एक महिलासँग गरेको कुराकानीको स्क्रिनशट भाइरल भएपछि सो खुलासा भएको हो।  ति महिलाले विवाहित चेतनले आफुसँग गरेको कुराकानीको स्क्रिनशट सामाजिक संजालमा अहिले भाइरल भएको छ। 

धेरै जसो विवादित बयानबाट मिडियामा आइरहने चेतनले सो स्क्रिन शट सार्वजनिक भएपछि तुरुन्तै सामाजिक संजालमार्फत माफी माग्दै सो कुराकानी आफुले गरेको स्वीकार गरेका छन्। उनले त्यो घटना बारे दुख व्यक्त गर्दै सो कुराकानी धेरै बर्ष पहिलेको भएको बताएका छन्। चेतनले आफुलाई ति महिला विशेष लाग्ने गरेको उल्लेख गर्दै उनि विवाहित भएपनि आफुलाई सबै भन्दा अलग लागेको बताएका छन्। साथै चेतनले आफ्नी पत्नी अनुषासँग पनि माफी मागेका छन्। ति महिलासँग केहि शारीरिक या आपत्तिजनक  बताउदै उनले ति महिलासँग कहिल्लै भेट भने नभएको बताएका छन्। 

बलिवुडमा केहि साता अगाडी अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरलाई यौन शोषणको आरोप लगाएपछि एकपछि अर्को गर्दै यौन शोषणका  भएका छन्। चर्चित निर्देशक विकास बहललाई  उनकै कम्पनीमा काम गर्ने महिलालाई यौन शोषण गरेको आरोप लागेको छ भने विकासलाई अभिनेत्री कंगना रनावतले पनि यस्तै आरोप लगाएकी छन्।  

कंगनाले हालै दिएको एक अन्तर्वार्तामा विकाससँग भेट हुदा उनले आफुलाई हग गर्ने र उनको अंगालोबाट निस्किन धेरै संघर्ष गर्नु परेको आफ्नो अनुभव सार्वजनिक गरेकी छन्। कंगनाले विकासलाई यौन शोषणको आरोप लगाउने महिलाको समर्थन गरेकी छन्। 

बलिवुडमा गायक कैलाश खेरलाई पनि महिला पत्रकारहरुले यौन शोषणको आरोप लगाएका छन्। 
 

सम्बन्धित समाचार

बलिवुडमा #MeToo : अनु मलिकलाई रियालिटी शो इन्डियन आइडलबाट हटाइयो 

मुम्बई। बलिवुडमा #MeToo अभियान अन्तर्गत यौन शोषणको आरोप लागेका संगीतकार अनु मलिकलाई रियालिटी शो इन्डियन आइडलबाट हटाइएको छ। सोनी टिभीबाट प्रसारण हुने इन्डियन आइडल अब अनु मलिक बिना  रहने सोनी

दिशा पटानीले गरिन् अक्षयकुमारसँगको फिल्म अस्विकार

मुम्बई। बलिवुड अभिनेत्री दिशा पटानी एक पछि अर्को सफलताको सिढी चढिरहेका बेला उनले अभिनेता अक्षयकुमारसँग फिल्म खेल्न अस्विकार गरेकी छन्।  बागी २ पछि हाल सलमान खानको फिल्म भारतमा समेत अभिनय गरिरहेकी

बलिवुडमा #MeToo : गीतको बदलामा अनु मलिकले गायिकासँग 'किस' मागेको खुलासा  

मुम्बई। बलिवुडमा #MeToo अभियान अन्तर्गत यौन शोषण र उत्पीडनका घटना सार्वजनिक हुनेक्रम जारी रहेको छ। यसैबीच चर्चित संगीतकार अनु मलिकलाई उत्पीडन आरोप लागेको छ। यसअघि गायिका सोना महापात्राले मलिकमाथि उत्पीडनको आरोप

आफुभन्दा १५ बर्ष कम उमेरका मोडलसँग अफयेर्समा सुष्मिता सेन 

मुम्बई। बलिवुड अभिनेत्री सुष्मिता सेन अहिले फेरी चर्चामा रहेकी छन्। सामाजिक संजालमा समेत निकै सक्रिय रहेकी सुष्मिता अहिले एक अज्ञात युवकसँग बढी देखिन थालेपछि उनको ति युवकसँग अफ्येर्स रहेको भारतीय


z