• २०८१ बैशाख १३ बिहीबार

माइक्रोसफ्ट विन्डोज-१० मा समस्या ! प्रयोगकर्ताका फाइलहरु स्वतः डिलेट भएको दाबी 

kharibot

काठमाडौं । विन्डोजका प्रयोगकर्ताहरुले यसको नयाँ पछिल्लो अपडेटसँगै आफ्ना फाइल, फोटो र म्युजिक, भिडियोहरु स्वतः डिलेट भएको बताएका छन् ।

अंग्रेजी अनलाइन द सनका अनुसार यस्तो समस्यासँगै प्रयोगकर्ताहरु हैरान र निराश भएको बताइएको छ । कतिपय प्रयोगकर्ताको फाइनान्सियल डकुमेन्टहरु पनि डिलेट भएको दाबी गरिएको छ । 

भर्खरै मात्र माइक्रोसफ्टले तीव्र प्रतीक्षा गरिएको विन्डोज १० को नयाँ भर्सन अपडेट गरेको थियो । यसअनुसार नयाँ फिचरहरु जस्तै क्लाउड बेस्ड क्लिपबोर्ड जसको सहयतामा कपि गरिएका वस्तुहरुको पहुँच कम्प्युटरहरुमा पुर्याउँछ, समावेश थियो । धेरै प्रयोगकर्ताले आफ्ना फाइलहरु अपडेटपछि डिलेट भएको बताएका छन् । 

एक प्रयोगकर्ताले आफूले १८०९ अपडेट गरेको र त्यो प्रक्रिया राम्रोसँग भए पनि पछि आफ्ना फाइलहरु डिलेट भएको कुरा कम्पनीकै आधिकारिक सपोर्ट फोरममा लेखेका छन् । उनले आफ्ना महत्वपूर्ण सामग्री डिलेट भएकोले निकै दुःखी भएको बताएका छन् ।

यद्यपि उनले आफूसँग ब्याकअप भएका कारण समस्या नभए पनि यो समस्यापूर्ण रहेको बताए । त्यस्तै अर्का प्रयोगकर्ताले पनि रेडिटमा आफूले पनि विन्डोज १८०९ अपडेट गरेको र त्यसपछि आफ्ना फाइलहरु डिलेट भएको उल्लेख गरेका छन् ।

अपडेट भएसँगै कम्प्यूटरबाट आफ्ना म्युजिक, तस्बिर र भिडियोहरु डिलेट भएको उनको भनाइ छ । 

यसरी पीडित प्रयोगकर्ताहरुले अरुलाई समेत उक्त भर्सन अपडेट नगर्न सुझाएका छन् । 

सोही समस्याबारे माइक्रोसफ्टका प्रवक्ताले द सनलाई भनेका छन्, ‘कम्पनीले यसबारे अनुसन्धान गरिरहेको छ ।’ 

भाग्यवश पछिल्लो विन्डोज १० अपडेट सामान्य प्रयोगकर्तासामु स्वतः इन्स्टल भइसकेको भने छैन । यद्यपि प्रयोगकर्ताले आफैँ इन्स्टल गर्ने हो भने उक्त समस्या बल्झिनसक्ने चेतावनी दिइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै