• २०८१ बैशाख १२ बुधबार

पुराना विद्यालयको संरक्षण गरिने : उपप्रधानमंत्री पोखरेल

kharibot

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुराना विद्यालयलाई सरकारले संरक्षण गर्ने बताएका छन् ।

महाराजगञ्जस्थित शिवपुरी माध्यामिक विद्यालयको आज आयोजित ७०औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले पुराना विद्यालय ऐतिहासिक सम्पदा भएकाले तिनको संरक्षण गरिने बताए ।

उपप्रधानमन्त्री पोखरेलले सामुदायिक विद्यालयमा लगानी वृद्धि तथा निजी लगानीका विद्यालयलाई नियमन गर्दै मुलुकको शिक्षा प्रणालीमा देखापरेका समस्या अन्त्य गर्न सरकार लागिपरेको बताए ।

सामुदायिक विद्यालयको स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेमा जोड दिँदै उनले संविधानप्रदत्त शिक्षाको मौलिक हक कार्यान्वयन गर्दै सम्पूर्ण शिक्षा अनिवार्य र निःशुल्क गर्ने सरकारको सोच रहेको बताए ।

काठमाडौँ महानगरपालिका–३ का वडाध्यक्ष दीपक केसीले विद्यालयको शैक्षिक गुणस्तर बढाउन पहल गर्ने जानकारी दिँदै उनले यस वडालाई शिक्षा र स्वास्थ्यको ‘हब’ बनाउने तयारी भइरहेको बताए । विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शी पाण्डेले विद्यालयको शैक्षिक गुणस्तर अझ वृद्धि गरिने जानकारी दिए ।

विसं २००५ मा स्थापित कक्षा १२ सम्मको उक्त विद्यालयमा करीब एक हजार २०० विद्यार्थी अध्ययरत छन् । त्यस अवसरमा विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै