मुक्तिनाथ विकास बैंकका एकै साथ दुई शाखा संचालन  

खरीबोट

काठमाडौँ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालनगर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा झापा जिल्लाको बिर्तामोड र सुनसरी जिल्लाको धरानमा दुई शाखा कार्यालय विस्तार गरेको छ ।

बिर्तामोड शाखाको समुद्घाटन बिर्तामोड नगरपालिकाका मेयर धुर्व कुमार सिवाकोटी र धरान शाखाको समुद्घाटन सुनसरी जिल्ला उद्योग वाणिज्य संघ, सुनसरीका अध्यक्ष राजेन्द्र शाहले गरेका छन् । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथिहरुले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रवर्धनको शुभकामना व्यक्त गरे । 

शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना ९५ वटा शाखा, १७ वटा ए.टि.एम. र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा,एटिएम कार्ड सेवा, एबिबिएस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ । हालै बैंकले आकर्षक विशेषता सहितको नगद फिर्ता आवास कर्जा योजना सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित समाचार

मुक्तिनाथ विकास बैंकद्वारा व्यवसायिक साक्षरता तालिम सम्पन्न

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने आधारभुत तत्वहरुको बारेमा जानकारी गराउने उद्देश्यले “आजको आवश्यकता, ग्राहकहरुमा व्यवसायिक साक्षरता”  भन्ने मुल आशयले एक दिने व्यवसायिक

मुक्तिनाथ विकास बैंकद्धारा जेष्ठ नागरिकलाई कुर्सी हस्तान्तरण

पोखरा । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका १०,  रामबजारमा अवस्थित “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र” लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको छ । उक्त संस्थाका

महानगरीय प्रहरी वृत्त कमलपोखरीमा मुक्तिनाथले बनायो हरित गार्डेन 

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा वातारण मैत्री

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको हाकिमचोकमा

चितवन । मुक्तिनाथ विकास बैंकले चितवनको हाकिमचोक शाखा औपचारिक रुपमा शुभारम्भ गरेको छ । शाखाको समुद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी छन् । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि शाहले


z