नेपाल टेलिकमको दशैँ अफर : रिचार्जमा १५ प्रतिशतसम्म छुट 

खरीबोट

काठमाडौं । नेपाल टेलिकमले नजिकिँदो दशैँलाई लक्ष्य गरेर विभिन्न अफरहरु घोषणा गरेको छ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार डाटा, भ्वाइसलगायतका प्याकको अफरदेखि रिचार्ज गर्दा बोनस समेत दिइनेछ । 

यस्ता छन् अफरहरु  :

१. अनलिमिटेड प्याक  

यस अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । रु. ६००।– मा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराइने छ । सो प्याक अन्तर्गत १ जीबी पिक आवर (विहान ६ बजेदेखि राती १० बजेसम्म) र १ जीबी अफपिक आवर (राती १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिन्छ । सोही प्याक ७ दिन समयावधिका लागि मात्र रु. ३००।– मा समेत उपलब्ध हुनेछ । 

सो प्याक लिने सेवाग्राहीलाई वाउटाइम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क उपलब्ध गराइने छ । 

२. भ्वाइस प्याक

यस अन्तर्गत रु. ६।– मा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने छ । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । 

भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ ।

३. डाटा प्याक

यस अन्तर्गत ३६ एमबी डाटा रु. ६।– मा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ ।

उपरोक्त अफरहरु यही  असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिनेछ । 

अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले स्टार१४१५स्टार९ह्याज डायल गर्नुपर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि प्याकेज खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।   

४. रिचार्जमा बोनस

आगामी असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज  वा एमपोस बाट रिचार्ज गर्दा बोनस प्रदान गरिने भएको छ । रु. १००।– र २००।– को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्ज मार्फत रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– र १०००।– को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ । रु. १००।– र २००।– को बोनस ३ दिन भित्र र रु. ५००।– र १०००।– को बोनस ५ दिन भित्र उपभोग गरिसक्नु पर्नेछ । 

त्यसैगरी एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र सो बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ । 

५. एडीएसएल/एफटीटीएच/वाइम्याक्स तर्फ
आगामी असोज ३० देखि कात्तिक ६ गते सम्म एडीएसएल/एफटीटीएच/वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गते सम्म थप गरिने छ । यसबाट बीचैमा समय सकिए पनि ग्राहकहरुको सेवा सुचारु भइरहनेछ । 

सम्बन्धित समाचार

नेपाल टेलिकमको विन्टर २२ विन्टर अफरहरु : कुन अफर कस्ता ? 

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त

काठमाडौँ । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारीलाई नियुक्त गरेको छ । खुला प्रतिस्पर्धाबाट छानिएका अधिकारी टेलिकमकै दशौं तहका कर्मचारी हुन् । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि ३ जनाको नाम

सिंजा क्षेत्रमा टेलिफोन नहुँदा सास्ती

जुम्ला । तीन गाउँपालिका रहेको सिंजा क्षेत्रमा अझै टेलिफोन सेवा पुग्न सकेको छैन । टेलिफोन सेवा उपलब्ध नहुँदा सिंजावासीलाई सास्ती भएको छ । सिंजा गाउँपालिकामा नेपाल टेलिकमको साझेदारीमा टेलिफोन विस्तार भएको

नेपाल टेलिकमले प्रतिशेयर रु ५५ का दरले नगद लाभांश दिने

काठमाडौँ। नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई प्रतिशेयर रु ५५ का दरले नगद लाभांश दिने भएको छ । नेपाल दूरसञ्चार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो ।  आर्थिक वर्ष


z