यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

खरीबोट

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती अञ्चलको यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

लिखित अनुत्तीर्ण एवं प्रयोगात्मक परीक्षामा सामेल नभएका २०८ जनालाई कार, जीप र डेलिभरी भ्यानजस्ता हलुका सवारी हाँक्न प्रदान गरिने समूह ‘बी’ को सवारी चालक अनुमतिपत्र जारी गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो । 

आयोगले २०७४ माघ १ देखि फागुन २५ गतेसम्म गरेको अनुसन्धानबाट तत्कालीन यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र बागमति एकान्तकुना कार्यालयका प्रमुख तेजनारायण यादव, शाखा अधिकृतहरु ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी र मेकानिकल इञ्जिीनियर श्याम केसीले भ्रष्टाचार निवारण ऐन २०५९ को कसूर गरेकाले हदैसम्मको जरिवाना र कैद सजायको मागदाबी लिई आरोपपत्र दायर गरेको जनाएको छ । 

त्यसैगरी तत्कालीन यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र बाग्मती ठूलोभ¥याङका शाखा अधिकृत शालिग्राम पौडेल, कम्प्युटर अपरेटर विज्ञान खड्गी, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारी, सवारी चालक अनुमतिपत्र बाग्मती एकान्तकुना कार्यालयका नायबसुब्बा लेखनाथ भुसालविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । 

सम्बन्धित समाचार

धरौटीमा छुटे साह

काठमाडौँ । बृहत् जनकपुर क्षेत्र विकास परिषद्मा भ्रष्टाचार गरेको आरोप तत्कालीन कार्यकारी निर्देशक डा सूर्यदेव साह रु छ लाख धरौटीमा छुटेका छन् ।  विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरु चण्डीराज

सिक्टा सिँचाइ आयोजनाका प्रमुख इञ्जिनीयर तारिखमा छुटे

काठमाडौँ । विशेष अदालतबाट सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको मुद्दामा प्रमुख इञ्जिनीयर सरोज पण्डित रु ८० लाख धरौटी राखेर तारिखमा छुटेका छन् ।  विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीशद्वय प्रमोदकुमार

नोट छपाई प्रकरणमा पूर्वगभर्नर रावल १० लाख धरौटीमा रिहा

काठमाडौं । पोलिमर नोट छपाइ अनियमितता प्रकरणमा पक्राउ परेका पूर्व गभर्नर तिलक रावल धरौटीमा रिहा भएका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धामा विषेश अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी लगायतको संयुक्त

पूर्वमन्त्री विक्रम पाण्डेसँग विशेष अदालतले माग्यो चार करोडको धरौटी

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डेसँग विशेष अदालतले चार करोड रुपैयाँ धरौटी माग गरेको छ । भ्रष्टाचारको अभियोगमा मुद्दा चलाइएका पाण्डेसँग विशेष अदालतले बुधबार तारिखमा छाड्ने प्रयोजनका लागि उक्त धरौटी माग गरेको


z