• २०८१ बैशाख १३ बिहीबार

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीद्वारा राजीनामा

kharibot

काठमाडौँ। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले राजीनामा दिएकी छन्। बिबिसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलीको राजीनामा स्वीकृत गरेको  छन्।  

साउथ कोरोलिनाकी पुर्व गभर्नर हेलीले आश्चर्यजनकरुपमा राजदुत पदबाट राजीनामा दिएको अमेरिकी मिडियाले उल्लेख गरेका छन् । सन् २०१७ जनवरीदेखि संयुक्त राष्ट्रसंघको राजदुतको रुपमा कार्यरत हेली अमेरिकी अडानलाई स्पष्ट रुपमा राख्ने राजदुतको रुपमा चिनिन्छिन्।

२०१२ मा राष्ट्रपति निर्वाचनका बेला राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार मिट रोमनीले हेलीलाई सम्भावित उपराष्ट्रपतिको उम्मेदवार बनाउने भने पनि उनले सो अफर अस्विकार गरेकी थिइन्। हेली टाइम म्यागेजिनको सन् २०१६ को विश्वका सय प्रभावशाली व्यक्तिको सुचिमा समेत परेकी थिइन्।

पछिल्लो समय राष्ट्रपति ट्रम्पसँग हेलीको नीतिगत भिन्नता रहेको थियो।  रसिया प्रकरणमा हेलीले अपरिपक्क नीति अपनाइएको राष्ट्रपति ट्रम्पले आरोप समेत लगाएका थिए। अमेरिकी मिडियाले सन् २०२० मा राष्ट्रपतिको उम्मेदवार हुन राजदुतबाट राजीनामा गरेको अनुमान गरेका छन्।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै