साफ यू–१८ महिला च्याम्पियनसिपमा उपविजेता टोलीलाई जनही पचास हजार

खरीबोट

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भूटानमा भएको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बन्न सफल भएको नेपाली महिला टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने घोषणा गरेको छ । 

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले यू–१८ महिला राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने निर्णय गरेको हो । यही असोज २१ गते भएको फाइनल खेलमा नेपाली टोली बङ्गलादेशसँग १–० गोल अन्तरले पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो । 

त्यस्तै सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्दी भारतलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । नेपाली महिला फुटबल टोली आज स्वदेश फर्कने एन्फाले जनाएको छ । 

सम्बन्धित समाचार

बाराको सिमरामा एन्फाको 'ग्रासरुट डे’

बारा । अखिल नेपाल फूटवल संघ (एन्फा) ले बुधवार बाराको सिमरामा ग्रास रुट डे मनाएको छ । गत भदौ देखि सिमरा रंगशालामा ग्रास रुट फूटवल प्रशिक्षण सञ्चालन गरिरहेको बारा जिल्ला फूटवल

एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ चयन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ चयन भएका छन् । एन्फा केन्द्रिय कार्यसमिति आज बसेको बैठकले नेम्वाङलाई सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चुनेको प्रवक्ता किरण राईले

साफमा उपविजेता बनेको महिला टिमलाई एन्फाले एक-एक लाख दिने  

काठमाडौँ । साफ महिला फुटबल च्याम्पियन्सिपमा उपविजेता भएको राष्ट्रिय महिला फुटबल टिमका सदस्यलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही एक लाख प्रदान गर्ने भएको छ । शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनल

फिफाले अनुमति नदिएपछि नेपाल र मलेसियाको मैत्रीपूर्ण फुटबल खेल स्थगित

काठमाडौँ । नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महीनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि मैत्रीपूर्ण


z