• २०८१ बैशाख १२ बुधबार

यौन शोषण गर्ने निर्देशकविरुद्ध ऋतिकको कडा कदम

kharibot

मुम्बई।  बलिवुडमा यौन शोषणविरुद्धको  मिटू क्याम्पियनले हाल छल ल्याइदिएको छ।  हरेक दिन भइरहेका यौन उत्पीडन र शोषणका घटना एक पछि अर्को गर्दै सार्वजनिक भइरहेका बेला अभिनेता ऋतिक रोशनले आफ्नै फिल्मका निर्देशक विकास बहलविरुद्ध कडा कदम चालेका छन्।

आफ्नो आउदो फिल्म सुपर २० का निर्देशक समेत रहेका विकास बहललाई कारवाही हुनुपर्ने आफ्नो विचार सार्वजनिक गरेका छन्। साथै ऋतिकले यौन शोषणको आरोप लागेका विकाससँग आफुले काम नगर्ने समेत घोषणा गरेका छन्। ऋतिकले भनेका छन्, 'कोई पनि व्यक्ति यौन दुराचार जस्तो संगिन आरोपको दोषी हो भने उसँग काम गर्न असम्भव छ। मैले सुपर २० का निर्मातासँग भनेको छु कि यस विषयमा सत्य जानकारी जुटाएर आवश्यक परे कठोर कदम लिनु। सबै प्रमाणित अपराधलाई सजाय हुने पर्दछ। साथै सबै शोषितहरुलाई खुलेर बोल्न सक्ने शक्ति प्रदान गर्न जरुरि छ।'

ऋतिकको यो भनाई पछि विकास बहलको फिल्म सुपर ३० बाट बिदाइ हुने निश्चित भएको छ। विकासले आधिकारिक रुपमा यस प्रकरणमा कुनै जावफ नदिए पनि यौन शोषणको प्रकरण बाहिरिए पछि उनि संलग्न रहको चर्ह्चित फिल्म कम्पनी फेनटम फिल्म कम्पनी बन्द हुने भएको छ।  उनका पार्टनरसमेत रहेका चर्चित निर्देशक अनुराग कश्यपले केहि दिन अघि नै विज्ञप्ति प्रकाशित गरेर आफुहरुले विकासलाई हटाएर अगाडी बढ्ने अवस्था नरहेकोले कम्पनीनै बन्द गर्ने निर्णय गरेको जानकारी दिएका थिए। 

भारतीय मिडियाका अनुसार विकासले चर्चित अभिनेता रनबीर सिंहसँगको फिल्म पनि गुमाएका छन्।  मिटू क्याम्पियनअन्तर्गत बलिवुडमा अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकरविरुद्ध १० बर्षअघिको प्रकरणलाई फेरी चर्चामा ल्याएपछि अहिले बलिवुडमा भएका यौन शोषणका प्रकरणको एक पछि अर्को खुलासा हुदै गएको छ।

यसमा अभिनेता नाना पाटेकर, निर्देशक विकास बहल, चर्चित लेखक चेतन भगत, अभिनेता तथा निर्देशक रजत कपुर, गायक कैलाश खेर, संस्कारी बाबु आलोकनाथ जस्तासेलिब्रेटीमाथि यौन शोषण र उत्पीडनको आरोप लागेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै