• २०८१ बैशाख ७ शुक्रबार

चीन २६ रनमा अलआउट, सन्दीप, बसन्त र ललितले लिए ३-३ विकेट  

kharibot

काठमाडौँ।  मलेसियामा जारि आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले आज पाचौ खेल चीनसँग खेलिरहेको छ।  टस जितेर पहिला बलिङ गरेको नेपालले चीनलाई २६ रनमा समेटेको छ। 

चीनलाई १३ ओभरमा २६ रनमा अलआउट गर्ने क्रममा सन्दीप लामिछाने ३ विकेट लिएका थिए।  सन्दीपले ४ ओभरमा एक मेडनसंगै ४ रन दिएर ३ विकेट लिएका छन्।  सन्दीपले प्रतियोगितामा ५ खेलमा कुल २० विकेट लिदै प्रतियोगितामा अहिलेसम्म सर्वाधिक विकेट लिएका छन्। 

त्यस्तै नेपालका लागि बसन्त रेग्मीले पनि ३ विकेट लिएका थिए । बसन्तले ४ ओभरमा एक मेडनसहित ५ रन दिएर ३ विकेट लिएका थिए। त्यस्तै ललित राजबंशीले ३ विकेट लिएका थिए। ललित राजबंशीले ३ ओभरमा १२ रन दिएर ३ विकेट लिएका थिए।  नेपालले एक विकेट रन आउट गरेको थियो।     

यसअघिका चार खेलमा लगातार जित हासिल गर्दै प्रतियोगित मा शिर्ष स्थानमा रहेको छ। प्रतियोगिता अन्तर्गत नेपालले खेलेको ४ वटै खेलमा म्यानमार, मलेसिया, थाईल्याण्ड र भुटानलाई पराजित गर्दै  ८ अंक हासिल गरेर अंकतालिकाको शिर्ष स्थानमा रहेको छ। 

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् । 

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोली बीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । 

अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र तीमध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् । 

चीनसँगको यस खेलमा नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), अनिलकुमार साह, विनोद भण्डारी, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीपसिंह ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै